If You Want To Post Your Content Here Send Now!

राजकुमार र राजकुमारीको अधुरो प्रेम कथा - अनमोल बिष्ट



_________________________
____________
●○ लेखक : अनमोल बिष्ट
______________________________________
एका देशमा दुईओटा ठुला राज्य थिए र दुईटै राज्य बिच सिमानाको बिषयमा बेलाबेलामा युद्ध हुने गर्थ्यो ।
एक दिन दिउँसो तिर राजकुमार सिकार गर्न जंगल जान्छन् । केहि समय पछि एक मृग देखिन्छ र राजकुमार धनुष समातेर ताक्छन् र तिर चलाउँछन् । उनको तिरमा अर्को तिर आएर ठोकिन्छ र मृग भाग्छ, राजकुमार अचम्म पर्छन् त्यतिकैमा उनको नजर अर्को राज्य की राजकुमारी माथि पर्छ । राजकुमारीको हातमा धनुष थियो र कालो कपडाले अनुहार छोपेर सेतो घोडा माथि बसेकी थिइन् ।
राजकुमारलाई आफ्नो सिकार भगाएको रिसमा तिर चलाउँछन् र राजकुमारीको अनुहार छोपेको कपडा तिर सगै रूखमा रोपिन्छ । राजकुमारीको सुन्दरता देखेर राजकुमार मोहनीमा परेर र टोलाई रहेका हुन्छन्। त्यतिकैमा राजकुमारी धनुष चलाउन्छिन् र तिरको धारले राजकुमारको हातको पाखुरामा काटिन्छ । राजकुमार संगै गएका रक्षकहरू धनुष चलाउनका लागि तिर निकाल्दै थिए तर राजकुमार नचलाउन हातको इसारा दिन्छन् र राजकुमारी केही नबोली त्यहाबाट जान्छिन् ।
राजकुमार राज दरबारमा पुगे पछि राजकुमारकी आमा रुदै , दगुर्दै आउँछिन् ।
राजकुमार " मलाई केही पनि भएको छैन आमा नरूनु " भन्दै आमालाई शान्त गराउन्छ ।
राजकुमारकी आमा राजकुमारको पाखुरा मल्हमपट्टि गर्दै थिइन् त्यतिकैमा राजकुमारका बुबा आउँछन् र राजकुमार सबैकुरा आफ्नो बुबालाई भन्छन् र राजकुमारी सँग उनि प्रेममा परेको कुरा पनी भन्छन् ।
एकतर्फ युद्ध हुने सम्भावना थियो र अर्को तिर राजकुमारको प्रेमको कुरा सुनेर राजकुमारका बुबा ( राजा ) चिन्तित थिए ।
कहि दिन पछि राजकुमार फेरी सिकार गर्न निस्कन्छन् र फेरी राजकुमारी सँग जम्काभेट हुन पुग्छ र राजकुमार घोडा वाट उर्लेर अगाडि बढ्छन् । राजकुमारी पनि उर्लेर अगाडि बढ्छिन् । राजकुमार तरवार निकालेर राजकुमारीको घाँटिमा राख्छन् राजकुमारीका रक्षकहरू धनुष चलाउनका लागि तयार हुदै थिए राजकुमारी हातको इसारा दिएर रोक्छिन ।
अनि राजकुमार राजकुमारीलाई " तिम्रो सुन्दरता र सहासले मलाई मोहनी लागयो " भन्दै राजकुमारीले अनुहार छोपेको कपडा निकाल्न खोज्छन् । हतार-हतारमा राजकुमारी पनी तरबार निकाल्छिन् र दुईटै बिच १ घन्टा लामो तरबार बाजि हुन्छ र अन्तिममा राजकुमार जित्छन् ।
अनि राजकुमार र राजकुमारी नदी किनार गएर लामो समय सम्म हास्दै , कुरा गर्दै गर्छन् । बिस्तारै बिस्तारै राजकुमार र राजकुमारीको दुरी कम हुदै गयो र दैनिक भेट हुन थाल्यो र कहिले काही राति राति राजकुमार र राजकुमारी लुकीछिपी भेट्न गर्थे ।
जुनेली रातमा राजकुमार र राजकुमारी मन्दिरमा भेट्न आएका थिए । दुबै जना मनका कुरा साटासाट गर्दै थिए र त्यै मौकामा राजकुमार राजकुमारीलाई प्रेम प्रस्ताब राख्छ र राजकुमारी मुस्कुराउँदै राजकुमारलाई अंगालो मारेर प्रेम प्रस्ताब सुइकार गर्छिन् ।
केहि महिना पछि
राजकुमारका बुबाले राजकुमार र राजकुमारी एक अर्का सँग प्रेम गर्ने यिनीहरुको बिहे गरी मित्रता बढाउने प्रस्ताव पत्र राजकुमारीको बुबालाई पठाउँछन् ।
पत्र पाए पछि राजकुमारीका बुबा राजकुमारीलाई सोध्छन् र राजकुमारी हुन्छ भन्छिन् । बिहेको खबरले राजकुमार र राजकुमारीका सबै परिवार खुशी थिए तर राजकुमारीको राज्यको मन्त्रीको छोरो राजकुमारीको सुन्दरताको प्यासमा भएकाले मन्त्री आफ्नो छोराको प्यास मेटाउन षड्यन्त्रको जाल बुन्छ र राजकुमारीको बुबालाई " राजकुमारीहजुरको एकमात्र सन्तान हो , तिनीहरुले हजुरकी छोरी सँग बिहे गरेर हजुरको पुरा राज्य बडप्पन र हजुरको नाम निसाना समेत मेटाउन खोज्दै छन् " भनेर राजकुमारीका बुबालाई भड्काउन्छ ।
मन्त्रिको कुरा सुनेर राजा अलमलमा पर्छन् त्यै मौका पारेर मन्त्रिले राजकुमारीका बुबालाई " बिहेको दिन मन्डपमा राजकुमार बसेको समय मिलाएर तिनीहरूलाई मारेर त्यो राज्य पनि आफ्नो बनाउनु पर्छ नत्र पछि हजुरलाई पछुतो पर्ला " भन्छ यो सुनेर राजकुमारीका बुबाको अनुहार लोभको खुशीमा चम्किरहेको थियो । फेरी त्यै मौका पारेर मन्त्री भन्छ " अनि अब कुरा रह्यो राजकुमारीको बिहेको , हजुरलाई त थाहै होला राजकुमारी र मेरो छोरो सानै देखि एक अर्कालाई राम्रो सँग चिन्छन् । यदि हजुर राजी हुनुहुन्छ भने राजकुमारीको लागि मेरो छोरो छ । "
राजकुमारीका बुबाको मन राज्यको लोभमा लोभिएको थियो र मन्त्रीलाई यो कुरा गोप्य राख्नुहोला भन्छ ।
यो षड्यन्त्र राजकुमारीले थाहा पाउँछिनक र राजकुमारी परेवा मार्फा राजकुमारलाइ सबै कुरा लेखेर पत्र पठाएपछि राजकुमार सबैकुरा आफ्नो बुबालाई भन्छन् । राजकुमारका बुबा राजकुमारलाई " त हाम्रो चिन्ता न ले त राजकुमारीलाई लगेर धेरै टाढा जा । " भन्छन् र राजकुमार र राजकुमारी त्यही रात भागेर जंगलको बाटो लाग्छन् ।
उता मन्त्रिले राजकुमारीको अपहरण भएको भनेर राज्यको माहोल नै हल्लाएका थिए ।
अर्को दिन दुबै राज्य बिच झगडा हुन्छ र सब तहस् महस् हुन्छ । जताततै रगतले भिजेका लासहरू फिजीएका थिए ।
राजकुमार र राजकुमारी जंगलमा दुई दिन सम्म भोकै थिए र एउटा सुन्सान जंगलको बिचमा सानो घर देखेर खुशी हुन्छन् । त्यहाँ एक ऋषि बस्थे जो अम्मर थिए । राजकुमार र राजकुमारीलाई त्यहाँ खाना र बास मिल्छ ।
एक दिन राजकुमारी जंगलमा दाउरा लिन गएकी थिइन् तर राती हुदा नि नफर्कीए पछि राजकुमार र ऋषि उनलाई खोज्न जान्छन् ।
जंगलमा राजकुमारीको शव मिल्छ राजकुमार धेरै रुन्छन् र ऋषि राजकुमारलाई दुखी देख्न सक्दैन् र भन्नु हुन्छ " बावु तिमी मेरो छोरा र उनि मेरी छोरी जस्तै थिइन् तर म तिमीलाई दुखी भएको देख्न सक्दैन । म तिमीलाई एक उपाय बताउन्छु जस्को कारणले तिमीहरुको फेरी भेट हुन्छ, गर्न सक्छैँ ।"
"म मेरी राजकुमारीलाई पाउन जे पनि गर्न तयार छु हजुर भन्नु मात्र" भनेर राजकुमार भन्छन् ।
ऋषि " यहाँ नजिकै एउटा नदि छ त्यसमा शव वगाउनुपर्छ र तिमी ले आफ्नो बली दिनुपर्छ अनि पछि तिमीहरुको नयाँ जनम हुन्छ तर याद राख कि यो जुनिको कुरा तिमीलाई मात्र थाहाँ हुन्छ राजकुमारीलाई हुदैन् । "
ऋषिले भनै झै,
राजकुमार नदिमा शव बगाउन्छ र आफ्नो बली दिन्छन् ।
केहि दिन पछि राजा मंत्रिले रचेको चाल थाहाँ पाउन्छन् र मंत्रिलाई फासी दिईन्छ । राजकुमारी र राजकुमारको खोजीमा दुईटै राजा निक्लछन् । जंगलको बाटो थियो राजकुमारीका बुबालाई ( राजालाई ) त्रिखा लाग्छ ल नजिकैको नदिमा पानि पिउन जान्छ । त्यहाँ पानी पिउँदा राजकुमार र राजकुमारीको शव फेला पर्छ । दुखीत हुदै सबै लास लगेर फर्कन्छन् ।

करिब १००० बर्ष पछि त्यो राज्य भन्दा धेरै टाढा एउटा गाउँमा उनिहरुको नयाँ जन्म हुन्छ। केटाको जन्म एउटा गरीब किसानको घर र केटिको जन्म गाउँको मुख्खीयाँको घरमा हुन्छ । बिस्तारै बिस्तारै केटा र केटि जवान हुदै जान्छन् । ऋषिले भने झैँ केटालाई सबै कुरा याद थिए र "त्यो जुनिमा बितेका घट्नाहरु उस्लाई सपनिमा पनि सताई रहन्थे "। उस्ले आफ्नि प्रेमीलाई खेज्ने धेरै प्रयास गर्यो तर हरेक प्रयासमा उ असफल हुन्थयो । " उनि कस्ति होलिन् ? भेट होला कि नहोला ? भेट भए पनि मैले चिन्न सक्छु कि नाई ? के उनि अर्कैकी प्रेमीका भईसकेकी त होईन्न ? के था उनको बिहे पो भईसक्यो कि ?" यस्तै यस्तै अनेक कुरा उस्को मनमा खेलाई रहन्थे ।
एक दिन नदिमा माछा मार्दै गर्दा , अचान्क डुङ्गा पल्टिँछ र राजकुमार बगेर धेरै टाढा पुग्छन् । उनिलाइ एउटा माछि दाईले बिहोसी अवस्थामा फेला पार्छन् । केही दिन पछि होस् आउन्छ र राजकुमार गाउँ तिर धुम्न जान्छन् । त्यहाँ राजकुमार मुखीयाँ कि छोरीलाई देख्छन् र किन हो किन राजकुमारलाई आफ्नि राजकुमारी पाए जस्तै लाग्छ । गए जन्ममा अधुरो रहेको माया अब सफल हुने भयो भनि सोच्छन् तर उता उनको बिहेको हुने निधो भइसकेको थियो । राजकुमारी पनि बिहेको लागी राजी थिइन् तर यो कुरा राजकुमारलाई थाहाँ थिएन। राति माछि दाइको घर फर्किदा जंगलमा उनको त्यै गए जन्मको मित्र घोडा संग भेट हुन्छ । राजकुमारलाई देख्ने बित्तिकै घोडा दगुरेर आउँछ र राजकुमार घोडालाई देखेर धेरै खुसी हुन्छन् र घोडा चढी माछि दाइको घर पुग्छन् ।
राजकुमार त्यो गाँउमा आएको २-३ दिन भइसकेको थियो तर राजकुमारी संग कुरा गर्ने मौँका पाएका थिएन्न ।
एक दिन मुखियाँ घरमा पुजा थियो। त्यो राति राजकुमारी संग कुरा गर्न कोसिस गर्दैछन् तर राजकुमारी म हजुरलाई चिदैन, को हो हजुर भन्छिन् ।
अनि राजकुमार " म तिम्रो राजकुमार । हामी गए जन्ममा राजकुमार र राजकुमारी थियौँ , याद गर्ने कोसिस गर " ।
अनि राजकुमारी " के रे के, म राजकुमारी अनि तिमि राजकुमार... होइन हो पागल त भएनैँ । "
राजकुमारले धेरै प्रयास गरे तर केहि फाइदा भएन।
राजकुमार संग धेरै कम समय थियो र केही उपाय नलागे पछि के गर्ने भनेर सोच्नै सकेनन् ।
राति पर्दै थियो राजकुमार घोडा सँगै हिड्दै थिए र राजकुमारी पनि साथि संग घर जादै थिइन् । राजकुमार राजकुमारीलाई देख्छन् र उनीलाई रोकेर फेरी एकपटक राम्रो सँग याद गर भन्छन् तर राजकुमारी सँग एउटै उत्तर हुन्छ म चिन्दैन , मलाई थाँ छैन ।
राजकुमार उनलाई घोडा चडाएर त्यौ नदि र ऋषि बस्ने ठाउँमा लग्दै थियो । यो खबर मुखियाले थाहाँ पाउँछन् । छोरीलाई खोज्न मान्छे पठाउन्छन् र केटाको लास भए पनि ल्याउनु भनेर आदेश दिन्छन् ।
राजकुमार र राजकुमारी जंगलमा रात परेर रोकिएका थिए।
राजकुमारी " को हौँ तिमी ? मलाई यता किन ल्याएको अनि यो घोडा "
राजकुमार " म तिम्रो राजकुमार हुँ , याद गर plZz , यो घोडा मेरो प्रिय मित्र त्यो जन्मेको म याद न भए पनि यो घोडा त याद होला " ।
राजकुमारी " एउटै कुरा हजार चोटि किन भन्छै, भनेनि म तिमीलाई चिन्दैन, अनि त्यसमा झन मेरो बिहे हुने बाला छ पर्सी किन मलाई यता लिएको हँ ।"
बिहिको कुरा सुने पछि राजकुमार केहि बोलेन्न। आकाश तर्फ हेर्दै आँखा बन्द गर्छन र सोच्छन् " जस्लाई मैले आफु भन्दा धेरै माया गरे म उसैको खुसी लुट्न पो लागेको रहेछु।"
अर्को दिन बिहानै उठ्दा राजकुमारी त्यहाँ थिइन्न । राजकुमार घोडा संगै राजकुमारलाई खोज्न हिड्छन् । त्यो जंगलमा राजकुमार पहिलो पटक आएका थिए र उनिलाई त्यहाँ खतरा भएको महसुस् हुन्छ । जादाजादै केहि पर बाघको समुह थियो । राजकुमारले बाघलाई देखेका थिएन् । पछाडि बाट बाघको समुहले राजकुमार र घोडा माथि हमला गरे र घोडालाई दुईटा बाघ लागेर लखेटे । एक छिन पछि घोडा घाइते अबस्थामा राजकुमार भएको ठाउँमा फर्कन छ र राजकुमारको लासको छेऊमा बसेर रुन थाल्छ । मुखियाँले पठाएका मान्छे पुग्छन् र राजकुमारको शव र घोडालाइ लगेर गाँउ जान्छन् । राजकुमारी गाँउमा पुगिसकेकी थिइन् । लास देखेर राजकुमारीको मन मा दया पलाउन्छ । उनको नजर राजकुमारको हातमा पर्छ र एउटा चिनो देख्छिन् जुन उनि सधै सपनिमा देख्ने गर्थिन् । राजकुमारी अच्चम पर्छिन् र केही नबोली घर भित्र जान्छिन् ।
अनि घोडालाई पनि आैषधि गर्न अस्पताल लगीन्छ।
मध्य रातको समय थियो राजकुमारी सुतेकी थिइन् सपनिमा राजकुमार रुदै आउँछन् र भन्छन् " मेरो त भाग्यमा यस्तै रहेछ राजकुमारी, मेरो प्यारो मित्रको ख्याल राख्नु है भने पछि राजकुमारको छेउमा ऋषिलाई देख्छिन् र झस्क राजकुमारीको निद्रा उठ्छ । उनिलाई सबै कुराको इस्मरण हुन्छ र बिहान उठ्ने बित्तिकै घोडाको नजिक गएर अंगालो हाल्दै रुन्छिन् । केहि दिन पछि उनको बिहे हुन्छ र घोडालाई पनी आफु संगै राख्छिन् ।।
................ YouTube: Anmol Bist .......
Listen in Audio YouTube












Post a Comment

Cookie Consent
Like grandma's cookies, our website uses cookies to customize your experience and analyze our traffic. Click 'Accept' and enjoy a personalized experience.
Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->