If You Want To Post Your Content Here Send Now!

चुराेटसँगै डायरी ( रितु ) - सत्य घटनामा आधारित कथा ।

पुसकाे महिना माैसम सारै चिसाे थियाे, काेठामा एक्लै थिए ,सुर्य चुराेट सल्काएर पिउन थाले । थाेरै भए नि शरीरले न्यानाे महसुस गर्याे । 

चुराेटसँगै डायरी 


पुसकाे महिना माैसम सारै चिसाे थियाे, काेठामा एक्लै थिए ,सुर्य चुराेट सल्काएर पिउन थाले । थाेरै भए नि शरीरले न्यानाे महसुस गर्याे । ओठले चुराेटकाे ईस्पर्श अनि मनले साईडमै बजिरहेकाे नारायन गाेपालकाे " एउटा मान्छेकाे मायाले कति फरक पर्दछ जिन्दगीमा" गित स्पर्श गरिरहेथियाे । चुराेटकाे धुवासँगै ,गीतकाे शब्दसँगै मन भावनाकाे नदीमा डुब्दै ,बग्दै र तहिरिदै थियाे । मनमा जतिसुकै भावनाका तरङ्गहरु उब्जिए पनि भावनाहरुलाई मिठाे शब्दझालमा बुनी कापीका पानामा काेर्न छाेडिसकेकाे थिए मैले।
कलम डायरी नसमातेकाे बर्षाै बितिसकेकाे थियाे। 

चुराेटसँगै डायरी



           किन किन आज वर्षाै अगाडि लेखिएकाे डायरी हेर्न मन लाग्याे । बाकस खाेले अनि निकाले उनै प्रियसीकाे नाममा लेखिएकाे डायरी । डायरीकाे सुरुकाे पेजमै लेखिएकाे थियाे "आफ्नै थियाै या तिमी पराई बुझ्नै सकिएन माया गरेउ या घृणा मलाई बुझ्नै सकिएन।।" डायरी पल्टाउदै गए डायरीमा कतै गजल कतै मुक्तक त कतै कविता लेखिएका थिए।सबै रचनाहरु प्रेमियल थिए अझ भनम उनकै नाममा लेखिएका थिए ।पढ्दा पढ्दै नयनहरु रसाउन थालिसकेका थिए । अझ पाना पल्टाउदै जादा भेटे एउटा कथा जसकाे शिर्सक थियाे "रितु"।।

सन्जाेग चन्द चिराग

लेखक: सन्जाेग चन्द चिराग


रितु

"सधै मुस्कुराई राख्नु है तिम्राे ओठमा मुस्कान सुवाउछ " उदास अनुहारमा मुस्कान लेउन खाेज्दै मैले भने उनि पनि के कम जमिनमा हेर्दै मुस्कुराउन खाेज्दै भनिन " राेएकाे त कसलाई नै पाे सुवाउछ र " त्यसपछि म चुपचाप रहे । यसै त अन्तिम भेट, बाेल्नलाई शब्दहरु भेटिरहेकाे थिएन । सायद उनलाई पनि त्यस्तै भाकाे हुदाेहाे । न उनी बाेलिन न म एकछिन माैनता छायाे । भन्न मन थियाे रुदै अङ्गालाेमा खसेर, मलाई छाेडेर नजाउन तिमी बिना बाच्न सक्दिन, म तिमीलाई औधी प्रेम गर्छु रितु तर मुखबाट निस्कियाे " तिम्राे खुसी मेराे खुसी मसँग नबाेलेर मबाट टाढा भएर तिमी खुसी छेउ भने म पनि त्यसमै खुसी ।" उनी चुपचाप रहिन केही बाेलिनन म नै बाेले " हजाराै तारा भएकाे आकाशलाई एउटा तारा झर्दैमा ,हराउदैमा के नै फरक पर्छ र?? तिमीलाई त म हुनु र नहुनुले केहि फरक नपर्ला तर तिमी नहुनुले मलाई धेरै फरक पर्छ प्रिया किनकि तिमी सुर्य थियाै मेराे जीवनमा उज्यालाे ल्याउने।  अब तिमी नभए सि मेराे जीवन अन्धकार हुन्छ।" पहिलै निराश थिईन मेराे यस कुराले झन निराश हुदै भनिन "म भन्दा राम्री पाउछाै चिन्ता नलेउ ।" उनले यति भन्दा मेराे मनमा अनेकाै उत्तर आईसकेका थिए तर म केही बाेलिन, चुप रहे। धेरै बेर चुप रहे पछि उनले साझ बाेल्ने भन्दै आफु जाने कुरा गरिन र त्यहाबाट हिडिन। मैले राेक्न सकिन ।उनि गएकाे हेरिरहे , म नि अगाडि बड्न खाेजे तर दुई कदम भन्दा अगाडि बड्न सकिन चक्कर आउला जस्ताे भयाे अनि त्यहि भित्तामा अडेस लागे आँखाबाट बग्न खाेजेका आँसुलाई गलबन्दिले पाेछे र केहिबेरमा आफ्नाे बाटाे लागे। साझ बाेल्छु भन्दै गएकि उनले नम्बर फेसबुक ईमाे सबैमा बलक गरिछिन।

रितु सापकाेटा घर दाँङ उमेर 19 हाईट 4 फिट 2 ईन्च भख्कर +2 पढ्दै गरेकि गाेराे, छुदै दाग लाग्ला जस्ताे शरीर अनि ति ठुला ठुला आँखा । म सधै जिस्काउदै भन्थे तिमी रितु होईनाै तिमी त बसन्त रितु हाै । मेराे जीवनलाई हरियाली बनाउने । अनि उ भन्थि हाेईन वारे म त वर्षा रितु हु, तिमीलाई प्रेमले नुहाउने। प्रेमले नुवाउछु भन्थि आँसुले नुवाएर गई मन मनै साेचे । मलाई गाजल लगाएकाे गाजलु आखा मन पर्ने उनलाई गाजल लगाउन मन नपर्ने । भेट्न आउदा आँखामा गाजल अनि निधारमा गाजलकै टिका लगाएर आउन भन्थे म तर उनी भन्थिन नाई म गाजल लगाउदिन मलाई गाजल लगाउन मन लाग्दैन। "मेराे लागि भए पनि लगाएर आउन प्यिलिज " "नाई नाई नाई " "प्यिलिज प्यिलिज " " गाजल लगाकाे मन पर्ने भए गाजल लगाउने केटी खाेजन त " उनि हास्दै भन्थिन। जति नाई नाई भने नि भेट्न आउदा नयनभरि कालाे गाजल अनि निधारमा गाजलकै टिका लगाएर आउथिन । उनलाई देख्ना साथ मेराे दिमागमा एउटा गित आउत्याे " गाजलु ति तिम्राे ठुलाे ठुलाे आँखा तिर बनि बस्याे याे मनैमा ।" बाटाेमा सँगै हिड्दा म उनकाे हात समात्न खाेज्थे उनि रिसाउदै तर्किनथिन। कहिलेकाही अध्याराेकाे माैका छाेपी अङ्गालाे नै हाल्न खाेज्थे उनि रिसाउदै हातमा चिमाेटिदै भन्थिन " धेरै नचल है मान्छेले हेरिराछन ,यस्तै गरेउ भने कहिले नि भेट्दिन नि फेरि।" उनले यति भने पछि उनकाे काधबाट आफ्नाे हात हटाउथे। उनि भन्थिन तिमी मलाई यति धेरै माया गर्छउ यदि तिमीसँग बिछाेड भए सि म बहुत धेरै रुन्छु हाेला।....... ............  
  
     कथा धेरै लामाे थियाे यति पढ्दा सम्म उनकाे मुहार मेराे आँखा सामु नाच्न थालिसकेकाे थियाे । आँखाबाट आँसु झरेर डायरीका शब्दहरुमा लतपतिएकाे थियाे। दुई वटा चुराेट सकिसकेकाे थियाे अनि साईडमा गाना बजिरहेकाे थियाे " न हम तुम्से कुच कर पाए न तुम हम्से कुच...." । कलेज लाईफकाे मेराे वास्तविक प्रेम कथा जसलाई मैले रितु नाम दिएर लेखेकाे थिए। जुङ्गाको रेखि बस्दै गर्दाकाे कथा दारी जुङ्गा फुलीसक्दा पढिरहेकाे थिए। साचि कति सक्तिशाली रहेछ उसँगकाे प्रेम यति वर्ष बितिसक्दा पनि आँखै रसाउने। अर्काे चुराेट सल्काए बाँकी कथा राती पढ्ने भनि डायरीलाई सिरानी मुनी राखे र उसकाे सुगन्ध मिसिएकाे गलबन्धि काधमा हालि निस्किए काेहलपुरकाे बजार तिर।।।।।।।

إرسال تعليق

Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->