If You Want To Post Your Content Here Send Now!

कथा : सौतेनी आमाको बेथा ( आमा )


 
  लेखक :
अनमोल बिष्ट 
देखतभुली, कञ्चनपुर 

एक दिनको काहानी हो मीेर्मीरे उज्यालो हुदै थ्यो , कुखुराको भालेको आवाज संगै रामेको निद्रा खुल्छ । ढोका नभएको तर कपडाले छेकिएको झ्यालबाट चिहाएर रामे बाहिर नियाल्छ। झिस्मीसेमा , कोहि हिडे जस्तो चप्पलको प्वाट , प्वाट अवाज आउन्छ ।
त्यतिकैमा आमाको आवाज आउन्छ " रामे , ए रामे "
रामे : " हजुर, आमा"
आमा : " उठ् त ! छिटो, घाम झुल्किन आटि सक्यो गोरुलाई कुडो हाल्दैनस् पछि गैरी खेत जोत्न जानु पर्छ ।"
रामे आँखा मिच्दै फाटेको कमेज लगाएर बाहिर निस्कन्छ अनि गोरुलाई घास-पात हालेर भित्र पुग्न आटेको मात्र हुन्छ । फेरी आवाज आउन्छ " रामे , गोरुलाई कुडो हालिस् ।"
रामे : " हजुर आमा हालिसके "
आमा : " अब के हेरेर बसेको त ! बावुको स्कूल जाने समय हुदै छ , खाना पनि पकाउन बाकी नै छ जा आटो मिच्
"रामे भान्सामा गएर काम गर्न थाल्छ । एक छिन पछि आमा भाईलाई स्कुलको लागी तयार गर्दै हुनुहुदैथ्यो, रामेलाई भन्नुहुन्छ " रामे, म बावुलाई स्कुल छोडेर आउन्छु त नास्ता गरेर खेतमा जा हैँ ।" रामे भान्सा भित्र नास्ता खान जान्छ तर नास्तामा एउटा रोटि र भुटेको नुन मात्र राखेको हुन्छ । रामे तरकरीको भाडोमा तरकारी छ की भनेर हेर्छ तर तरकारीको भाडो रित्तो थियो । त्यै भए पनि खाएर खेतमा गोरु लगेर जोत्न जान्छ ।
सानो भाईलाई स्कुल छोडेर आमा घर फर्कीदै थिइन् । बाटोमा मामाको घर पर्थो र त्याहा बस्छिन् र कुरा गर्दै बेस्त हुनु भयो । आमालाई एक चोटि पनि रामेको याद आएन कुरा गर्दा गर्दै धेरै समय बितिसकेको थियो। उता रामे त्यो १२-१ बजेको प्रचन्ड गर्मीमा काम गरीरहेको थियो । रामेको लुगा र शरीर पसिनाले पुरा रुजेको थियो र भोकाएको पनि थियो । गोरु पनि पानि पिउन नपाएर हिड्न नसक्ने भएका थिए । एक छिन पछि एउटा गोरु कमजोर पर्छ र सुत्छ । त्यो देखेर रामे सोच्छ " बिचरा , मलाई त यति थकान लागेको छ । यो गोरुलाई झन कति लागेको होला ??"नजिकै एउटा खोलो थियो त्या लगेर पानि दिन्छ र चैरमा लगेर बाधेर आफु एउटा रुखको छहारी मुनु आमा खाना लिएर आउने बाटो हेरेर बसी रहेको थियो । रामेलाई भोक लागेर टाउको र पेट दु:खदै थियो । बाटो कुरेको धेरै समय भइसकेको थियो तर आमा आउनु भएन ।रामेलाई आफ्नी आमाको तस्बिर हेरेर " आमा आज हजुर भएको मेरो यस्तो दिन सायद आउने थिएन होला , आज मेरो हातमा हलो र कोदालि होइन कलम र किताब हुन्थयो होला , म पनि अहिले खेतमा होइन साथीहरु संग स्कुलमा हुन्थे होला, म पनि हजुरको हातले पकाको खाना हजुरको हातबाट खान्थे होला, मलाई पनि हजुरले छोरा रामे भनेर मायाले बोलाउनु हुन्थ्यो होला , मेरो दुख र सुखमा हजुरको साथ मिल्थ्यो होला ।" सोच्दै आमालाई सम्झीदै रुदै थियो । एक छिन पछि उ भुसुक्क निदाउन्छ , निद्रबाट उठ्दा त ! पश्मिमा सुर्य अस्ताउदै थियो । रामे हतार हतारमा गोरु बादेको ठाउँमा जान्छ तर गोरु देख्दैन । रामे डराई डराई घर पुग्छ र गोरुलाई गोठमा देखेर अच्चम पर्छ । रामे सुतेको समयमा गोरु फुकेर घर पुगेका रहेछन् । आमाले रामेलाई देखे पछि " यति बेर सम्म कता मरेको थिस् हँ , नालाएक त ! एउटा दिएको काम पनि राम्रो संग गर्न सक्दैनस् है । तलाई जन्म दिने आमाले सिकाएन तलाई काम गरे पछि पुरा गर्नु पर्छ भनेर हँ" भन्दै आलोचना लगाउछिन् ।
रामे : " आमा, म बाट केहि गलत काम भएको भए मलाई गाली गर्नुस् , पिट्नुस् तर आमा मलाई जन्म दिने आमालाई दोष र गाली नदिनुस् , बिन्ति छ ।"
#आमा : "धेरै नबोल त ! बडा आयो आमाको प्यारो छोरो ।" रामेको आँखा भरी आशु थियो र शिर निउराएर घर भित्र जान्छ । एक छिन पछि फेरी आमा " ए , रामे तैले दिउसो खाना खाइन्स् हँ ।"
रामे : " हजुरको बाटो कुरीराको थिए तर हजुर आउनु भएन आमा ।"
आमा : " अ, अब त यो घरको राजा भईस् है, तेरो लागी खाना खेतमैँ पुगाउनु पर्ने , अब यो खाना कस्ले खान्छ खुरुक्क यता आइजा यो खाना खाँ ।" रामे केहि नबोलि खाना खान्छ र आफ्नो कोठामा जान्छ । आमाको तस्बिर अगाडी रुदै एउटा प्रस्न सोध्छ " आमा हजुरले मलाई यो संसारमा एक्लै किन छोड्नु भएको ?? "
दशै तिहार नजिकै आउदै थियोे । धेरै बर्ष पछि रामेका बुवा बिदेश बाट घर फर्किंदै थिए । रामेको लागि नयाँ लुगा ल्याउनुु भएको थियो । रामे खुसी थियो धेरै बर्ष पछि नयाँ लुगा लगाउने इच्छा पूरा भएको थियो तर राम्रो खान र राम्रो लगाउन उसको भाग्यमा धेरै थिएन , थियोे त ! मात्र दुःख र पिडा । दशैको दिन थियो , रामे र बुवा बजारबाट घर फर्कीदा बुवाको एक्कासी दुर्घटना हुन्छ र मृत्यु हुन्छ । रामेको अब सहारा एउटैमात्र थिइन् " सौतेनी आमा " तर उनले पनि रामेलाई अनेक नानाथरी बचन र मेरो पतिको हत्यारा भनी दोस लगाइन् । रामेको मन धेरै टुटेको थियो , आफ्नो जिन्दगी देखि उसलाई वाक्क-दिक्क लाग्न थाल्छ तर बुवाले मर्ने बेलामा " कहिले हार नमान्नु , मेरो माया र आशिर्वाद सधै तेरो साथमा छ । तिमी पछि ठूलो मान्छे बन्नु है, मेरो प्यारो छोरा मलाई थाहा छ मेेरो कारणले तैंले धेरै दुःख पाएको छस् । मैले अर्को बिहे त, तलाई कहिले पनि आमाको मायाको कमी नहोस् भनेर गरेको थिए छोरा तर यस्तो हुन्छ भनेर को लाई थाहा थियो र ? छोरा घरको जेठो-पाठो तै होस् , अब आमा र सानो भाईको ख्याला राख्नु है !" भनेको सम्झिन्छ । रामेको जीवन दुःखले भरीएको थियोे त्यै पनि कहिले आमालाई बचन फर्किएन र आमाको सम्मान र इज्जत गरिरहन्थ्यो । मनमा जतिसुकै पिडा भएनि मुहारमा हासो र खुसी देखिन्थ्यो ।
रामे र भाइ जवान भइसकेका थिए । भाइलाई पठाउन धेरै पैसा चाहिएको थियो तर आम्दानी एक पैसा थिएन । हरेक बर्ष झैं यो बर्ष पनि गाउँमा मेला लागेको थियो । बुवाले दिएको लुगा लगाएर गएको थियो । घरमा धेरै काम बाकी भएकोले आमा रीसले चुर भएकी थिइन् तर को लाई थाहा थियो र रामेका दिन र राता आज बाट घरमा होइन जेलमा बिताउने छन् भनेर ?? मेला बाट घर फर्किने क्रममा नजिकैको खोलाबाट केटी चिच्याएको आवाज आयो । रामे दगुरेर खोला नजिकै पुग्छ र दुईवटा केटा मिलेर एउटि बालिकाको बल्तकार गरेर उनिको मृत्युु भइसकेको थियो । ती दुईजना डराएका थिए । रामेले जे माग्दा पनि दिन्छौं तर यो बल्तकार मैले गरेको भन्नू पर्छ भन्छन् । रामेलाई पैसाको धेरै खाचो भएकाले उ बाध्य भयो । उता घरमा आमा " आफुले त ! अपराध गर्यो-गर्यो हाम्रो इज्जत पनि माटोमा मिलाए जेल गयो ।" भनेर गाउँमा भन्दै हिड्थिन् । केही दिन पछि भाइलाई ठूलो कलेजमा निःशुल्क पढ्ने मौका मिल्छ , आमा पनि सहरको एउटा बिधालयमा जागिरे हुन्छिन् ।



रामे जेल परे पछि अलपत्र परे झैँ महसुस गर्नथाल्यो । सधै आफ्नो परिवारलाई सम्झेर एक्होरो टोलाइ रहन्थ्यो । त्यहाँ अरु कैदिहरुका आमा-बुवा आफ्नो मान्छेलाई भेट्न आउन्थे तर रामेलाई भेट्न कोहि आउन्थेन्न । एक दिन रामे बिरामी पर्छ र अस्पताल पुगे पछि एक मृगौला खराब भएको खबर पाउँछ । केही दिन त्यहि हस्पिटलमा उपचार हुन्छ । त्यहाँ रामे र एउटि नर्स बिच दोहोरो प्रेम बस्छ । नर्स रमेको ख्याल राख्थिन् र राति रामेको हेरचाह गर्थिन् । रामे भोलिपल्ट हस्पिटलबाट डिस्चार्ज हुनेहुनाले रामे नर्स संग म जेलबाट निक्लेको केही दिन पछि बिहे गरैला भन्छ र उनी पनि राजी थिइन् । रामे धेरै नभए नि हल्काफुल्का लेख पढ गर्न जान्थे । रामे आफ्नो जीवनमा घटेका दुःख , सुख मेेलखाने कथा लेख्न थाल्छ । रामे बेलाबेलामा नर्सलाई सम्झि रहन्थ्यो । केही बर्ष पछि रामे जेलबाट रिहा हुन्छ र नर्स संग भेट्न जादा, उनको बिहे भएको दुईतीन महिना भइसकेको खबर मिल्छ र " मेरो भाग्यमा साच्चिकै खोट रहेछ " भनी रामे आफ्नै भाग्यलाई दोष दिन्छ । रामे घर जादा , घरमा ताला लेगेको थियो । रामे आमा, आमा भन्दै बोलाउन्छ तर कहि कतै बाट आवाज नआएपछि पल्ला घरे काकालाई आमा र भाइको बारेमा सोध्दा सहरमा खुसीका साथ बसिरहेका छन् भन्ने थाहा पाउन्छ र सहरमा गएर आमाको जीवनमा फेरि बोज बनेर बस्न चाहेन र त्यै पुरानो झुपडी जहाँ आमा-बुवा र भाइका यादहरु थिए त्यहि बस्ने निधो गर्छ ।
रामेले लेखेको जीवन कथालाई धेरै मानिसले मन पराउन्छन् । रामे कथाकारको नामले प्रचलित भएको थियो । उसलाई नचिन्ने सायद थोरै मानिस होलान् । एक दिन रामे केही काम परेकाले सहर गएको थियो त्यहाँ पुगेको केही दिन पछि आमा बिरामी भएकी र भाइ पनि केही दिनको लागि बिदेश गएको खबर पाउन्छ र आमालाई अस्पतालमा भर्ना गरेको एकदुई दिनमा दुइटै मृगौला खराख भएको र मृगौला प्रत्यारोपण नगरे धेरै दिन नबाच्ने रिपोर्ट आउन्छ । रामेलाई कता जाऊ ? के गरु ? भइरहेको थियो । आमा र रामेको रगतको समूह मिल्ने भएकाले डाक्टरलाई आफ्नो अर्को मृगौला आमालाई प्रत्यारोपण गर्न आग्रह गर्छ तर डाक्टरले रामेको एउटै मृगौला भएकोले उसको ज्यानमा खतरा हुने भएकाले डाक्टर मृगौला प्रत्यारोपण गर्न तयार थिएन् । " रामे , डाक्टर साफ यो संसारमा म मरे केही फरक पर्दैन तर आमा मरे ! मेरो भाइ टुहुरो हुन्छ । टुहुरो हुदाको दुःख र पिडा कस्तो हुन्छ , मैले आफ्नो जीवनमा भोकी सकेको छु । म आफ्नो भाइलाई म जस्तै दुःख र पीडा भोकेको देख्न सक्दैन । डाक्टर कृपया मेरो यो इच्छा पूरा गरि दिनुस् । म मरे केही छैन , आमाको ज्यान बाचे पुग्छ मलाई ।"
केही समय पछि अपरेसन सुरु हुन्छ र सफलताका साथ मृगौला प्रत्यारोपण हुन्छ । आमा होसमा आउदा रामेलाई कर्को कोठामा सिप्ट गरीएको थियो । मृगौलाको कुरा डाक्टर र रामे बिच गोप्य थियो । आमाको नजरमा रामे आज पनि अपराधी थियो । रामे र आमालाई एउटै कोठामा राखियो र रामेलाई देख्नेबित्तिकै एउटा अपराधी नजिकै छ जस्तो सोभाब गर्दै थिइन् । रामे मुस्कान दिदै आमालाई हेरी रहेको थियो । सायद आमालाई थाहा थिएन होला , यो भेट रामे संग अंतिम भेट हो भनेर । आमालाई हेरी रहेको रामेको मृत्यु हन्छ । आमा " यस्को अनुहार त के, म यस्को लास पनि हेर्दिन् मेरो अगाडिदेखि हटाउ यो अपराधीलाई ।" डाक्टर मर्मीक हुँदै रामेको लास अर्को कोठामा सिप्ट गरिन्छ । आमालाई त्यहाँ बाट डिस्चार्ज गरीएपछि । रामे बितेको खबर फैलिए पछि अस्पतालमा पत्रकारको घुइँचो लाग्यो । डाक्टरलाई के भएको ? कसरी मृत्युु भो भनेर सोध्न थाले । डाक्टरले मन थाम्न सकेन र सबै सत्यतथ्य कुरा भन्छ । आमाले सबै कुरा थाहा पाएपछि आँखा रसिला हुन पुग्गे । आमालाई आफैंमा घ्रिणा लाग्न थाल्यो । भाइले यो दुःखद समाचार सुने पछि अर्को दिन बिहानै घर फर्किएपछि दाइको शव अस्पतालबाट घर लग्ना साथ आमा रुदै " छोरा , मेरो छोरा रामे ! मलाई माफ गरि दे छोरा । मैले सधै तलाइ दुःख र पिडा दिइरहे , त्यै पनि तैले मेरो लागि र आफ्नो भाइको खुसीको लागि आफ्नो ज्यान दिइस् तर पनि मैले तेरो बेज्जत गरे, मलाई माफ गरीदे छोरा ।" भनेर मनमा रहेका बेदान पोख्नु हुन्छ ।
" पढ्नेलाई सुनको माला , लेखकलाई फुलेको माला , यो कथा बैकुण्ठ पुगिजाला "




यस्तै मनछुने कथा, लेख, गजल, मुक्तक पढ्नको लागि हाम्रो पेज like गर्नुहोला ।। कृपया यो कथालाई सक्दो सेयर गर्नु होला ..





Post a Comment

Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->