मन छुने नेपाली सायरी | Nepali Shayari
गजल ( १ )
कहिले गोरा देखे त कहिले काला देखे
फेरि पनि सत्तामा तिनै भेनासाला देखे
जनता केही बोल्न सक्दैनन् जे गरे पनि
अझै गरिबको मुखमा झुन्डेको ताला देखे
यो कस्तो खाले प्रतियोगिता थियो बुझिन
घाटी काटे पछि उपहारमा हेर्नू माला देखे
हेर्नु गाउमा सोझी देखिने छोरिको पनि
आज मैले सहरमा अनौठो चाला देखे
उसले गरिब भनी छोडेकी हो प्रष्ट भयो
छड्के तिलहरी,हातमा सुनका बाला देखे
.....
गजल ( २ )
म देशको निम्ति मर्छु भन्ने मनुष्य भेटिन्न आज
म देशमा शान्ति भर्छु भन्ने मनुष्य भेटिन्न आज।
खुसुक्क मिलेर खान्छन् सदैव सदन पुगेकाले,
सधैँ उज्यालो म छर्छु भन्ने मनुष्य भेटिन्न आज।
सबै मतलबी भएर होला छ ऋण बढेको यहाँ,
जँघार सम्पूर्ण तर्छु भन्ने मनुष्य भेटिन्न आज।
.....
गजल ( ३ )
समस्या हुन्छ अनि समाधान हुन्छ !!
जसरी रातपछि यहाँ बिहान हुन्छ !!
समस्यालेनै यहाँ देखाउँछ,चिनाउँछ
आफ्नो बिरानोको पहिचान हुन्छ !!
आफ्नाले धोका दिन्छन् जान्छन् ,
मद्दत ,सहयोग गर्ने अन्जान हुन्छ !!
गर्दैन उदास बनाउदैन कैले एक्लो,
दुखीको मद्दत गर्ने भगवान हुन्छ !!🙏
.......
गजल ( ४ )
दुइटाकुरा बारबार,उस्तैउस्तै लाग्छ
जिन्दगी र कारागार,उस्तैउस्तै लाग्छ
सधै चर्किन खोज्ने,सधै फुट्न खोज्ने
सिसा र मेरोनिधार,उस्तैउस्तै लाग्छ
भो नसोध्नुस् यो,दुखेको दिललाई
ढुंगा र फुलकोप्रहार,उस्तैउस्तै लाग्छ
पछाडिबाट सधै छुरारोप्नरोज्ने मलाई
आजभोलि मित्र र शत्रु उस्तैउस्तै लाग्छ
....
गजल ( ५ )
चुरोट खाएको सम्झिन्छु~गाजा खाएको सम्झिन्छु
गाजा चुरोट तान्न घरको ढुकुटी फुटाएको सम्झिन्छु
घरपरिवार साथीभाइहरु चिन्तित हुन्थे मलाई देखेर
जबर्जस्ति परिवारले~सुधार केन्द्र लगेको सम्झिन्छु
जब घैटोमा घाम लाग्यो आँखा खुल्दा झसङ्गै भैइयो
कुलतमा फसेर स्वर्णिम जवानी गुमाएको सम्झिन्छु
....
गजल ( ६ )
कति चाँडै यो बाल्यकाल बितेको पत्तै भएन !!
घर व्यबहार जिम्मेवारी ले थिचेको पत्तै भएन !!
बुडेसकालमा रमाउला भनी खाडी भासिए म ,
जवानीमै मेरो कालो केश फुलेको पत्तै भएन !!
भबिष्य आफ्नो सुनौलो बनाउन खोज्दा खोज्दै
बर्तमानमा जीउँदो जिएको पत्तै भएन