मेरा इ नेत्रलाई प्रिय लागेकी तिमी प्रथम छात्रा हौँ,
करोडौँको भिडमा प्राप्त भएकी अनमोल रत्न हौँ।
तिमी अनेको गुणी भएकी,
मेरो स्वप्नमा आइ निद्रा हरण गर्ने तिमी प्रथम छात्रा हौँ।
जवाफ फर्काउँदा तिमी “seen” मात्रै गर्छ्यौ,
तर story नछुटाइ हेर्छ्यौ!
तिमी flirting को syllabus हौँ,
म त तिमीमै पास हुन चाहने अनपढ शिष्य, तिमी नजरबाट पाठ पढाउने ज्ञान रूपसी हौँ!
मेरा इ नेत्रलाई प्रिय लागेकी तिमी प्रथम छात्रा हौँ,
करोडौँको भिडमा प्राप्त भएकी अनमोल रत्न हौँ।
Talaas " तलास " - Shishir Bhattarai
म जीवन साथी को तलासमा छैन।
साथको तलासमा छु।
म प्रेमीको तलासमा छैन।
प्रेमको तलासमा छु।
म सुन्दर मानिसको तलासमा छैन।
सुन्दर देख्ने आँखाको तलासमा छु।
म जितको तलासमा छैन।
खुसीको तलासमा छु।
म आँसु पुछिदिने मान्छेको तलासमा छैन।
आँसु बुझिदिने मान्छेको तलासमा छु।