Send Your Story / Article / Poetry Send Now!

गरीबको हेला : दुख लाग्दो कथा ( एकपल्ट पढ्नुहोला )...



     बुवा र आमाको ५ वटा छोरा र छोरी  थिए ।   जेठाे  छोराको नाम मनिलाल, माइलो  छोराको नाम  गोपाल, साइलो छोराको नाम रबी,  काइलो छोराको नाम अनिल , कान्छो छोराको नाम राम र छोरीको  नाम  कविता  थियो । छोरी चाहिँ  छोराछोरी मध्येको कान्छी थि ।  सबै छोराछोरी सानै थिए ।  आमाले घरको काम गर्नुहुन्थ्यो अनि बुवा घर बाहिरको काम गर्नुहुन्थ्यो । जग्गा जमिनको नाममा 3 कठ्ठा थियो । त्यो जमिन मा कुनै उब्जनी हुन्थिएन् । बुवा र आमालाई बिहान र बेलुकाको छाक काट्न धौधौ परेको थियो । बुवा र आमाले  छोराछोरीले खाना खाइसकेपछि बचेको खाना खानु हुन्थ्यो, नभए भोकै सुत्नु हुन्थ्यो ।  बुवा एउटा वकिलको घरमा काम गर्नु हुन्थ्यो । आमा छोराछोरीलाई खाना खुवाइ सधै  दाउरा काट्न जानुहुन्थ्यो  र बेलुका दाउरा बेचेर चामल र तरकारी लिएर आउनु हुन्थियो । बुवा पनि वकिलको घरको काम सकेर खाना खान आउनु हुन्थियो। 

      एकदिनुको कुरा हो  वकिलको मृत्यु हुन्छ । बुवा ले त्यहाँबाट  काम  छोड्नु पर्छ त्यसपछि बुवाले कुनै काम पाउदैन किन भने बाले पढेका थिएनन्  ।  त्यसपछी बुवाले पढाइको महत्व बुझे पछि उनले " अब छोराछोरीलाई पढाउने " निर्णय गर्नुभयो । भोलि पल्ट नजिक को सरकारी  स्कुलका गएर  भर्ना गर्दिनु भयो । बुवा र आमा दुबै बिहान उठेर घरको काम सकेर पछि  छोराछोरीलाई स्कुल पठाएर दाउरा लिन जानुहुन्थियो।  बुवा र आमाले दाउरा बेचेर छोराछोरीका लागि स्कुल dress ल्याउने भनी बजार दाउरा बेच्न गएका थिए । त्यो दिन कसैले दाउरा नकिने पछि निराश हुदै  घर फर्किए ।  स्कुलबाट घर  फर्किएका छोराछोरी भोकाएका  थिए। घरमा केही खानेकुरा नभए पछि आमा अन्न पैचो माग्न  घरछिमेकिमा जानू भयो तर  छिमेकिले " तिमीहरूलाई दिनु भन्दा त माग्नेलाइ देको जाती हुन्छ तिमिहरुको अनुहार पनि हेर्नू छैन।यहाँ बाट गहिलाल " भनेर छिमेकीले भने पछि आम रुदै घर रित्तो  हात घर फर्कनु भयो।

      बुवा र आमा झन चिन्तामा पर्नु भयो। कोठा भित्र गएर  " अब छोरीलाई कहाँ बाट खाना लियाएर खुवाउनु हो भन्दै रुदै  थिए " ।  अचानक एउटा माग्ने त्यो घर मा आयो र भिक्षा दिनु भन्दै थियो। एकछिन बुवा र आमा घरबाट निस्किनु भएन । फेरि माग्नेले बोलाए पछि दुबै जना बाहिर निस्के  र भने " हामीसंग केही छैन तपाइँलाई दिनकोलागि  हाम्रा छोराछोरी त भोका छन हामीले झन दुईदिन देखि खाना खाको कैै छैन । " माग्नेले छोराछोरीलाई देखेर दया लागेर आयो अनि माग्नेले आफुले मागेर ल्याएको चामल र तरकारी  झिकेर दियो । बुुुवा र आमाले लिन चहादैैन  थे तर लिएन भने छोराछोरी भोका हुन्छन भनेर दुख मानी मानी लिनु भयो र माग्नेलाइ धन्यवाद  दिनु भयो ।त्यसपछी माग्ने आफ्नो बाटो लाग्यो । आमा खाना पकाउन थाल्नु भयो। खाना पाकी सकेपछी भोकाएको छोराछोरी र बुवाआमाले धेरै दिन पछि पेट भरी खाना खानुभयो। भोली पल्ट चाडै उठे र घरको काम सकेर छोराछोरीलाई स्कुल पठाएर हिजो नबेचिएका दाउरा बेच्न जानू भयो । दाउरा बाट आएका पैसाले आफ्नो छोराछोरीलाई स्कुल dress र बेलुका को लागि खानेकुरा ल्याइएका थिए । छोराछोरी पनि धेरै  बर्ष पछि नयाँ लुुगा  देखेर छोराछोरी पनि धेरै खुशी थिए ।  यसरी नै आज भोलि भन्दै 10 वर्ष बित्यो ।

         छोराछोरी पनि ठुलो भैसकेका थिए । घर मा खुशियाली बढ्दै थियो । अचानक दैवको नजर लाग्यो र घरमा बुवा बिरामी हुनुभयो। घरका सबै परिवार आत्तिय। जेठो र कान्छो छोराले बुुुवावलाई बोकेर सरकारी अस्पताल लगे। डाक्टरले जाँच गर्दा खेरि बुवालाई मुटुमा क्यान्सर भाएको र ठुलो अस्पतालमा  लग्नु  भयो भने  निको हुन्छ भन्नू भयो। त्यसपछि उनिहरु घर फर्किए । उनिहरु सङ्ग शहर लग्नका लागि पैसा थिएन। शहरमा उपचार गर्न नपाए पछि चिन्तामा परे  त्यपछी बाले दाउरा पनि काट्नु सक्नु भएन। यसरी नै एक दुई दिन बित्यो  । अचानक सर्पको  टोकाइबाट मुत्यु कान्छा छोराको मृत्यु  हुन्छ । परिवारमा आर्को पीडा थपिन्छ । छोराको ११ औ  काम सकिएको ५ दिन पछि बुवा को पनि मुत्यु हुन्छ  । दुबैको मृत्युको कारण गरिबी थियो। अब घरमा ६ जना मात्र परिवार थिए। रिन मागेर आमाले छोराछोरीलाई पढाउन थालिन् । केही वर्ष पछि जेठ छोरो ड्राइभर  , माइलो  छोरो मास्टर , साइलो छोरा इन्जिनियर  र काइलो छोरा डाक्टर भएकोले  फेरि त्यो परिवार मा सुखका दिन आउन थाले । त्यसपछी हेला गर्ने छरछिमिकीले पनि इज्जत दिन थाले । सबै भाइहरु मिलेर कान्छी बहिनीको विवाह गर्दिने निर्णय गरे । 

         बहिनीको बिहे  त्यही माग्नेको छोरो सङ्ग  बिहे  गरि दिने टुंगो हुन्छ  ( जसले आफुले मागेर ल्याएको खाने कुरा दिएको थियो ) । छोराको नाम कपिल थियो । कपिल कक्षा १० सम्मको शिक्षक थियो । छोराको नाम बाट माग्ने लाई गाउँमा सबैले चिन्थे। गाउँका सबैले कपिल बुवालाइ सम्मान र इज्जत दिन्थे । चार दाजुभाइ मिलेर कान्छी बहिनीको धुमधाम कपिलसङ्ग बिहे गरिदिए। उनीहरु मिलेर खान पकाउने भाडा पखाल्ने , सबै काम मिलेर नै गर्थिए । कपिलको परिवार खुशी थियो । केही महिना पछि कपिल बाउ बान्ने खबर आएकोले परीवारमा खुसी छाएको थियो । उता 4 दाजुभाइ पनि मामा बन्न पाउने भयौ भनेर खुशी थिए।
  
         एकदिन को कुरा हो कविता धारामा पानी लिन जादा लेउमा चिप्लिछिन ।  कपिलले देखेछ र आत्तिदै उठाउन गयो। कविता पेट छम्दै रुन थालिन। चिप्लेपछी धेरै गार्‍हो पारेछ हतार हतार नजिकको स्वास्थ केन्द्र लगे अनि कविताको माइतमा जनकारी दिए। घर मा 2 वटा दाइ र आम मात्र हुनुहुन्थ्यो त्यस्  समयमा उनिहरु हतार हतार अस्पताल जानू भयो। डाक्टरले " अब बिरामीलाई शहर लानु पर्छ " भनेपछि  जेठो दाजु मनिलाल  आफ्नो गाडीमा हालेर बहिनीलाइ शहर लग्छ। काइल‍ो दाजु अनिल "डाक्टर" शहरमै  हुनुहुन्थ्यो। अस्पताल मा भर्ना गर्नु भयो। त्यहाँ पुग्दा सम्म कविताको हालत निकै गम्भीर भैसकेको थियो । डाक्टरले  "अब बिरामीलाई  4-5 महिना अस्पतालमा राख्नु पर्छ "  भनेपछि सबै जना झन आत्तिए डाक्टरले त्यो भन्दा बढी केही पनि भनेन। कपिल र जेठो दाजु अस्पतालमा बस्नु भयो । दिन मा कपिलले बिरामी हेर्ने र राती दाजुले बिरामी हेर्ने गर्थे। यसरी नै 3 महिना बिति सकेको थियो। उता दाजुभाइ अंशको लागि झगडा गर्दै थिए। पहिलेदेखि आमाको नाउमा 3 कठ्ठा जमिन र घर थियो थप सबै दाजु भाइ मिलेर  8 कठ्ठा जग्गा किनेका थिए । दाजुभाइ मध्ये आम्दानी चाहिँ कम जेठा दाइको  थियो। जेठा दाइ  मनिलाल जमिन किन्दा कम पैसा हलेको हुनाले कम जग्गा दिने भन्दै झगडा र एकआर्कामा भना भन भयो । पन्चायत राखेर जम्मा सम्पत्तिलाई 5 फाट लगाइ दिए चार दाजुभाइलाई 2-2 कठ्ठा अनि कान्छी बुनेलाइ 2 कठ्ठा र आमालाई 1 कठ्ठा गरि पन्चायतले बाड्फाट गरि दिए। दाजुभाइले एकअर्का सँग बोल्न छाडे। आमाचाहिँ  जेठो   छोरा सँग बस्नु हुन्थियो।  दाजु भाइ एकअर्कामा बोल्दैन् भनेर  आमा दुखी र मनमा  कुरा खेलेर टोलाउन थाल्नु हुन्थ्यो। सबै छोराहरुलाइ घर घर मा गएर सम्झाउनु हुन्थ्यो तर सम्झाको त खेरै जान्नथियो। आमा चिन्न्ताले खाना खानु हुन्थिएन ।  

        केही दिन पछि  कविता अस्पतालबाट discharge हुन्छे । कपिल छोराको बुवा र दाजुभाइ पनि मामा भए  ।  दाजुभाइ झगडा गरेर बोलचाल बन्द भएको  कुरा कवितालाइ थाहा थिएन । कविता यो कुरा सुनेर निकै दुखी भइ । सबै दाजुभाइको बिहे भएर छोरा छोरिको बिहे गर्ने बेला भाइ सकेको थियो । कपिल पनि आफ्नो स्कुलको principal भयो। कविताको छोरो हिड्ने भैसकेकोको थियो र जेठो दाजुको जेठो छोराको बिहेको कुरा चल्दै थियो। 
बिहेको कुरा पनि टुंगो लाग्यो। सबैलाइ निमन्त्रणा काड पठाए । आमाले दाजुभाइको मिलन गराउन आफै सबै छोराहरुलाइ दिनु भयो। बिहेको दिन " बिहेको जन्ती बेहुलिको घर जाँदै थिए तर दाजुहरुले बिहेमा लुकेर जाने निर्णय गरे र लुकेर जन्ती गए । जेठा दाइले सबै दाजुभाइ देख्यो अनि बोलाएर एकअर्कामा माफी मागे । बिहे गरि सबै दाजुभाइ ,  भाउजू - बुहारी , बहिनी - ज्वाइ  ,  सबै बिहे घरमा रमाइलो गरे आमा धेरै खुसी भइन । अन्त्यमा सबैको मिलन भयो। परिवारमा फेरि खुशी आयो ।। 
   
      ज्ञान :  हर कोहिको दिन आउँछ तर समयको प्रतीक्षा गर्नु पर्छ ।


                   " पढ्नेलाई सुनको माला , लेखकलाई फुलेको माला ,
                          यो कथा बैकुण्ठ पुगिजाला "


visit us on :

          Facebook : facebook.com/writeranmolbist/

           Twitter :     twitter.com/meanmolbist/

          Instagram : instagram.com/writeranmolbist/

Post a Comment

Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
-->