If You Want To Post Your Content Here Send Now!

प्रदेशीको मर्मिक जीवन कथा - अनमोल बिष्ट




   लेखक :
अनमोल बिष्ट 
देखतभुली, कञ्चनपुर 

               नबिन र राधाको भर्खरै बिहे भएको थियो। नबिन सानो आफ्नै कम्पनीमा दिन रात मेहनत गरेर सपना साकार गर्ने प्रयास गरीरहेको हुन्छ र राधा घरकै काममा बेस्त हुन्थिन् । दुबै बुढाबुढीको माया गाउँमा चर्चित थियो । उनको जोडि परेवाको जोडि जस्तै थियो।
एक रातको कुरा हो नबिन राति घर आउदा उसको हुलीया घाईते बाध जस्तो थियो। राधा – नबिनलाई देखेर झसङ्ग पर्छिन l यो के भाको हजुरलाई , नबिन -मधुरो बोलीमा ” मेरी प्यारी हाम्रो सपन अब अधुरो रहने भयो , कम्पनीमा आगो लागेेर केहि बचेन ।” आफ्नो जिवन साथीको आँखामा आशु कसेरी हेर्न सक्थिन् र । आफ्नो चुन्निको चालले आशु पुछ्दै “मेरो हजुर किन रुनु भएको न रुनुस् भन्दै अंगालो हालेर हौसला दिन्छिन् र जाउँ बरु खाना खाउ , जे हुनु थ्यो भइहाल्यो ” भन्छिन् । नबिन खाना नखाइ सुत्छ । समय बित्दै थियो घरको आर्थिक स्थीती झन झन गम्भीर हुँदै थियो….. गाउँमा छिमेकी संग पैसा उधारो मागेर घरबार चलिरहेको हुन्छ । लिएको रिन तिर्न नसकेर एक दिन अचान्क बिदेश जाने सोच्छ र गाउँमा साथीहरु संग केही रकम एकजुट गरेर पासपोर्ट बनाउन्छ र केहि महिना पछि भिसा लाग्छ । त्यो कुरा राधाले थाहाँ पाउन्छिन् , राति केटो घर आउदा केटि घरको दैलोमा बसेर रोइ रहेकी हुन्छिन् यो देखेर नबिन अचम्म पर्छ ।
नबिन : ( राधाको काधमा हात राख्दै ) किन रोए कि ??
राधा : ” मैले भनेका कुरा हजुरले माने पो हुन्थ्यो! यो मनका रहरहरु कहिल्यै जाने पो हुन्थ्यो! हजुर मेरो मनको कुरा बुझ्नलाइ त, मलाई आफ्नै ठानेपो हुन्थ्यो ! ”
नवीन : हैन , यो के भन्दै छै ? मैले त्यस्तो के गरे र ?
राधा : ( रुदै) सधैभरी संगैँ हुन्छैँ , संगै बसैला भनेर बिहे गर्नु भा होईन, किन जादै हुनुहुदैछ बिदेश ? बिन्ति छ ! नजानुन बिन्ती छ। 
नवीन कहि नबोलि खाना खाएर सुत्न जान्छ ।
अर्को दिन बिहानै उठेर बिदेश जाने तयारीमा थिए । नबिनले बिदेश जाने अटुट फैसाला बनाई सकेको थियो । ( टिका लगाएर बिदाई गर्ने बेला…..। )
राधा नबिनको अंगालोमा बेसरी टास्सेर रुदै भन्छिन् ” कति सारै गरम् खै बिन्ति बरु घरै बेचेर रिन तिरौला , मलाई यता एक्लै छोडेर नजानुन। ”
नबिन : ” नाङ्गो ढाक्न लुगा र भोजनको लागि , देशमा रोजगार नपाएर विदेश जादै छु , छोडेर यो गाउँ र तिमीलाई बिदेश जादै छु , गाउँमा भाको पाखो बारि बन्दकिमा राखेर , हजार सपना सजाउन विदेश जादै छु । ” नरोउ राधा, म रिन तिरि सके पछि आइ हाल्छु नि ।
राधा ( आँखाबाट आशु खस्दै थिए ) : म एक्लै कसेरी बसैँला र ? नजानुन …..
नबिन ( दुखीत सोरमा ) : सन्चो नहुदा कान्छी सालीलाइ बोलाउनु , एक्लै भएको आभास भए माइतीघर जमनु ,मेरो यादले सताउदा कमजोर नहुनु ,बेला बेलामा फोन गर्दै गर्छु नि म । किन रुन लागेकी पागल । आफुत ! मुग्लानी परियो अब तिमी घर धनि बनेर बस हैँ पियारी । पछि बिदेशबाट आएपछि अनि खुशी संग बसौँला नि !
बसमा चढेर बिदेशको लागि यात्रा सुरु हुन्छ । READ THIS ALSO:
बिमानस्थल पुगे पछि नवीन बुवा र राधा अब छिट्टै आमाबाबु हुने खबर पाउन्छ र अर्को दिन बिदेशको लागि उडान हुन्छ । विदेशमा एउटा उद्योगमा काम पाउन्छ। डिउटिमा हुदा आफ्नो घरबार र प्यारीको सम्झनामा डुबि रहन्थ्यो । बिदेश आउदा राधाले रोएर मुल बाटो छेकेको सम्झना र आफ्नो हुनेवाला सन्तानको चिन्ताले सताई रहन्थयो । एक रातको कुरा हो , सपनीमा ” घरमा आगो लागेर आफ्नी प्यारीको निधन भएको देख्छ ” एक्कासी निद्राबाट उठ्छ, हतार हतारमा राधालाई फोन गर्छ तर फोन उठ्दैन त्यसपछि झन चिन्ता लाग्छ । केहि ५ मिनेट पछि राधाको फोन आउन्छ तर फोनमा राधा होईन , छिमेकी आमा हुनु हुन्थ्यो….
नबिन ( आत्तिदैँ ) : आमा हजुर संग यो फोन कसरी, राधा खोई ?
छिमेकी आमाले राधालाइ बेथाले च्यापेर अस्पतालमा छौ र केहि पैँसा चाहिएको कुरा भन्नुभयो ।
आफू संग बस्ने साथीहरू संग बाट केही रकम जम्मा गरी पठाउन्छ। केही समय पछि राधाले छोरी पाएको खबर नबिन सम्म पुग्छ र नबिन दोधारमा परेको थियो । तर्फ बुवा भएको खुसी र अर्को तर्फ आफ्नि राधाको यस्तो अवस्थामा संगैँ नभएको दु:ख । छोरीको नाम करणमा बिदा नपाएकाले घर जान सक्दैन । बाबुन बाजेले छोरीको नाम ” सीता ” राखेको हुन्छ ।
डिउटिमा खाना खाने समय भएको थियो, राधमलाई फोन लगाउन्छ… बुढाबुढी बिच माया प्रेम , दु:ख सुख्खका कुरा हुन्छन् र अर्को दिनबाट केटो दिनमा अफिस र रातमा गोदाममा काम गर्न थाल्यो र केहि सालमा रिन तिरी सकेको थियो तर पेट भर्न , छोरी र राधा संगै बस्नेको लागि भएपनि पैसा कमाउन जरुरी थियो । छोरी र पियारीलाई हेर्न नपाएको नि ३-४ साल पुगी सकेको थियो। एक महिनाको छुट्टि लिएर घर फर्किन पिलेन टिकट काटेको ८-१० दिन पछि फलाइट हुन्छ। साझ पर्दै थियो, घाम पश्चिमा अस्ताउदै थियो । राधा खाना पकाउदै थिईन् , एक्कासी “राधा , ए राधा ” भनेर बोलाएको अवाज सुन्छिन् र आँगनमा नबिनलाई देखेर खुसी हुन्छिन् र अंगालोमा बाधिएर रुन्छिन् । एक छिन् त उनीलाई सपना जस्तो लागेको थियो ।

राधा ” हजुर एक्कासी आउनु भो, एक चोटी नि भन्नु भएन हैँ म आउदै छु भनेर ? किन भन्नु हुन्थ्यो र ..”
राधाको अनुहार खुसीले चम्केको थियो… त्यो देखेर एक छिन् नबिन मनमनैँ सोच्छ ” म त्या बिदेशमा त्यती तड्पेको थिए राधाको यादले, उनीले त झन आमाको कर्तव्य पनि निभाउनु थियो र मोरो यादमा कति रात रुदैँ बितेका होलान् । राधा खाना पकाउन भुलेर नवीन संग कुरामा बेस्त थिइन् । एक पछि रोटि बलेको वास्ना आउन्छ आत्तिदै भान्सामा जान्छिन् । नबिन आफ्नी छोरीको नजिक जान्छ । त्यती बेला छोरी ३-४ बर्षकी भएकी थिईन् र तोते बोलीमा बाबा भने पछि नबिनको आँखामा आँसु भरिएको थियो । छोरीलाई हेर्दै ” राधा छोरीको अनुहार त तिमी जस्तै छ त ! हैँ ”
राधा ” हो हजुर था छ , आँखा, कान र नाक हजुरको जस्तै छ नि ! ” यस्तै माया प्रेमका कुरा गर्दै र हास्दैँ रमाउदैँ रात पर्छ ।।
नबिन घर आएको ४-६ दिन भएको थियो । सबैको घरमा सवारी साधन थियो तर उनको घरमा साईकल पनि थिएन । नबिन साईकल किनेर ल्याउन्छ , राधा १-२ दिनमा सईकल चलाउन सिक्छिन् । साईकल सिक्दा खुट्टामा चोट लाग्छ । राती चर्पि जान नसकेपछि नबिनलाई भन्छिन् र राधालाइ पिठ्युँ लगाएर लग्छ । बिस्तारै बिस्तारै दिनहरु बित्दै थिए । एक महिना बितेको थाहैँ हुदैन । नवीन बिदेश जाने तयारी गर्दै थियो र राधाका आँखा फेरि आसुले भरीएका थिए । छोरी ” बुवा हजुर संग म पनि जान्छु भन्दै रुदै थि ” । त्यो देखेेर नबिन एक छिन् अलपत्र परे थियो । म छिट्टै फर्केर आउन्छु छोरी भनी सम्झाइ-फकाइ गर्छ ।।
        घरबाट बिदेश पुगे पछि …पहिले जस्तै गरी साथीहरु संगै काममा जान्छ । राधा के गर्दै होलिन्, अहिले छिरी सुतेकी होली या उठेकी होली , रुदै होली या हास्दैँ होली यस्ता यस्ता प्रश्नहरुले काम गर्ने बेला र सुत्ने बेला उसलाई सताइ राख्यो । राधा र छोरीको मायाले रहेक पल सताई राख्यो । राधा र छोरीलाई सम्झी नरोएको कुनै दिन या रात थिएन । दिनहरु घरको याद र साथीहरुको साथले बित्दै थिए । घरमा हप्ता हप्तामा फोन गरी रहन्थे । माया-प्रेम र दुख-सुखका कुरा साटासाट गर्थे , छोरी र राधा संग कुरा भएको दिन नबिन मन खुसी हुन्थथ्यो र राती आन्नदले सुत्थथ्यो । काम सकिन २-३ महिना मात्र थियोे । काम राम्रो चल्दै थियो तर अचानक घरबाट छोरी करेन्ट लागेर बितेको खबर पाउन्छ । त्यो खबर सुने पछि ५ मिनेटको लागी त पागल जस्तै हुन्छ , रुन्छ कराउँछ । त्यो रात छोरीको यादमा छट्पटाइ रहे, घरमा छदा बिहानै बुवाको शरीर माथी उफ्ररेर उनिलाइ उठाएको याद, छोरीका ति चकचके काम र छोरीको मायाले अनिलाइ एक तर्फबाट भित्र-भित्रैँ मरी रहेकि थियो…..दुईदिन पछि घर पुग्छ र आफ्नी राधाको त्यो हसीलो अनुुुुहारमा गंबिर अवस्था देखेर एक छिन त ! मनै थाम्न सक्दैन् । उनले सोचेका रंङ्गीन सपना सधैँका लागी एउटा सपना नै रहन्छ । लाहुरेले घरमै कामा गर्ने र फेरी पियारीलाई यता एक्लै छोडेर बिदेशमा काम गर्न नसक्ने कुरा बताउन्छ । आफ्नैँ देशमा कृषी गर्छ । केहि बर्ष पछि पियारीले एउटा छोरो पाउन्छिन । राधा र नबिन खुसीका साथ नयाँ जीवनको सुरुवात गर्छन्  ।।
"पढ्नेलाई सुनको माला , लेखकलाई फुलेको माला , यो कथा बैकुण्ठ पुगिजाला "

Post a Comment

Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->