If You Want To Post Your Content Here Send Now!

कथा : जीवन यात्रा

 लेखक : अनमोल बिष्ट   , कञ्चनपुर ( सुन्दर सुदूरपश्चिम )


      रेखा र रोशनो माया कक्षा ८ बाट सुरु भएको र पछि एउटै कलेजमा पढ्थे , कलेज जादा र घर आउँदा संगैँ आउन्थे। रेखा र रोशन बिस्तारै बिस्तारै ठुला हुदैँ गए, झन झन माया गाडा हुदै गयो ।


      एक दिनको कुरा हो , रेखा  बिरामी हुन्छे र बिहान कलेज जान रोशन चौतारीमा कुरी रहेको हुन्छ । रेखा नआए पछि उ एक्लै कलेज जान्छ । अर्को दिन पनि कलेज नआए पछि रोशन रेखाको घर जान्छ । घर भित्र  गएर यताउता हेर्छ कोहि थिएन्न । एउटा कोठाको ढोका खुला थियो । त्यस कोठा भित्र  रेखालाई बिरामी भएर सुतेको अबस्थामा देख्छ अनि छेउमा बस्दै...


रोशन : ओइ , मलाइ किन नभनेको सन्चो छैन भनेर हँ ।


रेखा : मैले त हजुर, स्कुल जानु भाकोहोला पछि भनुला सोचेको थे ।


रोशन ( रेखाको हात समाउँदै ) : अहिले कस्तो छ र आमाबुवा खैँ ??


रेेेखा ( मधुरो शोरमा ) : हजुर आउनु भो,  मन शान्त भो, आमा र बुवा जरुरी कामले बाहिर जानुभएको छ ।


  रेखा रोशनलाइ बिहानैदेखि भोकै छु भन्छिन र रोशन पसलबाट खाजा लिएर  खुवाउँछ.... रेखाको आँखाबाट आशु आउन्छ, रेशन आशु पुच्छदै ( सुरिलो सोरमा ) किन रोएकी लाटी ?? न रोऊ आराम गर म घर जान्छु धेरै अप्ठ्यारो भए पछि फोन गर्नु भनेर आफ्नो  घर तिर लाग्छ । छिमेकीले रेखाको आमाबुवालाइ रोशन आएको कुरा भन्छन् । रेखालाई घर मित्र बाट बाहिर आउन बन्द गरि दिन्छन् र आइन्दा त्यो केटो सँग देखे पछि नराम्रो होला भनेर चेतावनी दिएको  कुरा रोशन थाहाँ पाउन्छ । रेखा रोशनलाई सम्झेर धेरै रुने गर्थिन् । रेखाको घरमा उस्को बिहे गर्ने सल्लाह हुँदै थियो । त्यो कुरा रोशनले थाहा पाउन्छ र रेखाको घर गएर रेखाका बुवाआमा सँग " बिन्ति छ मेरी रेखालाई म बाट अलग न गर्नुस्  म उस्लाई धेरै माया गर्छु, उस्को आँखामा आशु आएको हेर्न सक्दैन । किन हजुरहरुले हाम्रो मायामा यस्तो गर्नु हुन्छ। म उस्लाई सधै खुसी राख्छु बिन्ति छ हाम्रो मायामा बाधा नबन्नुस् ।"


 रेखाले पनि आफ्नो बुवाआमालाई बिन्ती गर्छे । रेखा र रोशनका आमाबुवाले धेरै सोचे र एक आपसमा सल्लाह गरे अनि पहिले पढाइ गर अनि हामी पनि केही सोचौला भन्नू हुन्छ ।


     केही बर्ष पछि पढाइ सकिन्छ र दुइटै जागिरे हुन्छन् । रोशन र रेखाले नयाँ जिवन सुरु गर्ने सल्लाह गर्छन् र दुइटैका आमाबुवा मन्जुर हुन्छन्। बिहेको तयारी हुदै थियो, दुईटै परिवारमा खुसीको माहोल थियो । रेखा बिहेको समान लिएर बसमा यात्रा गर्दै थिन् अचान्क बस नदिमा खस्छ र रेखाको मृतु हुन्छ । यो कुरा सुने पछि रोशन एक पलको लागी पागल भए जस्तो हुन्छ । Hospital बाट लास घर लय्याए पछि रोशन आफ्नि हुने दुलहिको लास मन थामेर हेर्छ । मन त थाम्न सक्यो तर आखाबाट बग्ने आशु थाम्न गारो पर्यो। रोशन लास नजिक गएर रेखाको हात समाउदै रुदै भन्छ " यो दुनियाँमा मलाई एक्लै किन छोडेर गयौँ, मैले धेरै सपना देखेको थिए तिमी सँगै जिवन बिताएका तर यो भग्वानको लिला पनि बडा गजबको रहेछ, साचो माया गर्नेहरुको खुसी हेर्न नसक्ने । " 


    रोशनलाइ रेखाको यादले धेरै सताउन्थ्यो । एक रात रोशनको सपनिमा रेखा आउन्छिन्  " मलाई माफ गरी देउ रोशन मैले यो जुनिमा तिमीलाई साथ दिन सकेन, म अभागी रहेछु तिमी संग जिवन विताउन पाएन, अब तिमी नयाँ जिवनको सुरुवात गर, म तिम्रो साथमा छैन भनि नसोच्नु यो जुनि त यस्तै भो अर्को जुनिमा तिम्रो हुनेछु " भन्छिन् ।


 मरेर त शरिर पो जान्छ यादहरु त हुन्छन् । तैँ यादहरु उलाई सताई राख्छन् दिनरात । आमाबुबा आफ्नो छोराको दुखी भएको हेर्न सक्दैन् र नयाँ जिवनको सुरु गर्न भन्छन्  । रोशन धेरै प्रयास गर्छ र रेखाको माया र यादहरु झन झन  सताइ रहन्थे। जति भुल्न खोजे पनि रेखालाई भुल्न धेरै गारो हुदै गयो । कुनै केटीलाई देख्दा पनि रेखाको याद आउन्थ्यो । रोशनलाइ के गरु , कसो गरु हुन्थ्यो । रेखाका यादहरु कम हुन्छन् कि भनेर एक दिन रोशन आफ्नो सानो छदाको साथी रमेशको गाउँ जान्छ । गाउँमा पुग्नासाथ रमेश सँग भेट हुन्छ र रमाइलो गर्न तर्फ लाग्छन् । 



    अर्को दिन बेलुका घुम्न जादा एक अपरचित केटी स्कुटरमा आउदै थिइन् । ग्राबिल गरेको बाटो हुदै रोशन आफ्नै ध्यानमा हिड्दै थियो । स्कुटरले ढुङ्गा उल्छाएर रोशनको खुट्टामा लाग्छ र चोट लागेको थाहा पाए पछि केटि स्कुटरले धुलो उडाएर टाप पस्छे । 


         

          रमेशको गाउँमा उस्को साथीको बिहे थियो । रोशन र रमेश पनि जान्छन् । बिहेमा दुइटै दारु पिएर नसाको तालमा रमाउदै थिए । अचानक स्कुटरवालीलाइ त्यहाँ देखेर अचम्म पर्छ र रमेशलाई देखाउन्छ ।


रोशन : " ओइ , रमेश उता हेर्त । त्यो केटि त्यै आतंकवादी होइन ? जस्ले मेरो खुट्टामा चोट लगाएर भागेकी थि  । "


रमेश : " अ यार , तर आतंकवादी न भन , टेरोरिस्ट् भन टेरोरिस्ट् । यसको त पछाडि बम राखेर पट्काउँ पट्काउँ जस्तो लाग्दै छ । "


रोशन : " बेकार हो त्यस्तो गर्नु , बरु स्कुटर कता छ हेर । "     

     रमेश स्कुटरको हावा निकाल्दै गरेकोे केटीले देख्छिन् । केटि दगुरेर आउँछिन् , केटिलाई देखेपछि रमेश बिस्तारै उठ्छ । 


केटी : " को हौँ तिमीहरू ? किन मेरो स्कुटरको हावा निकालेको हँ ? "


रोशन : " ए , चुप आतंकवादी । अस्ति मेरो खुट्टा टुटेको भए के हुन्थ्यो । "


रमेश : " नो आतंकवादी , टेरोरिस्ट् यार टेरोरिस्ट् । अनुहार हेर्दा त हिरोईन भन्दा कम छैन तर दिमाग भने ४ पैसाको छैन ।"


केटी रिसले रमेशलाई हेर्छिन् र रमेश " मलाई के हेरीराकी उता हेर उता भनेर रोशन तिर इसारा गर्छ " । केटि रोशनलाई " सरी , म त्यो दिन अल्लि हतारमा थे । सो , म रोकिन , अहिले हजुरको खुट्टा कस्तो छ ? 


रोशन : " हिजो अस्ति जस्तो थियो त्यस्तै छ । पाँच औँला भएको । "


केटि रमेशलाइ : " आफ्नो साथीलाई सम्झाउ , अनि म सुनिता तिमी ? "


रमेश : " म रमेश अनि यो मेरो साथी , रोशन । सरी अहिले हामी अल्लि नशामा छै , साथीको बिहे पिउनु परि हाल्यो ।"  


रोशन " लेऊ , पैसा स्कुटरमा हावा भर्नु " भनेर रू.१०० दिन्छ ।


सुनिता " केहो यो भो , मेरो पनि गल्ती थियो , मेरो कारणले तिमीलाई चोट लागेको थियो । त्यसको उपचार खर्च र यो खर्च बराबर । " 


रमेश : " सुनिता , के हाम्री साथी बन्छै ? "


रोशन : " त यो केटीलाई साथीलाई साथी भन या जे भन्छस् भन । म त ! गए , आउने भए आ , नत्र तेरो इच्छा " भनेर बिहे हुन लागेको ठाउँ जान्छ ।

रमेश " ल ! सुनिता , म पनि जान्छु नत्र फेरी रिसाउन्छ " भनेर रोशन सँग जान्छ....

       बिहेको अर्को दिन , रोशन र रमेश कुरा गर्दै घर फर्कीदै थिए । 

रमेश : " हिजो राति बिहेमा हामीले गडबड गर्यौ यार , नशाको तालमा सुनिताको स्कुटरको हावा निकाल्यौ । सुनिताको कति मन दुखेको होला सोच्न । "

रोशन : " के रे के , त्यसको मन दुख्यो अनि मेरो चैँ खुट्टामा चोट लाग्दा दुखेन , हावा कुरा गर्छ यार । "

रोशन र रमेश कुरा गर्दै हिड्दै थिए । पछि पछि सुनिता स्कुटर लिएर आउदै थिइन् । पछाडिबाट सुनिता हर्न बजाउँछिन् । 

सुनिता " रमेश सहयोग गरन साथी हावा भर्न जादैै थे , कलि पर सम्म धकेल्नु न स्कुटरलाइ ।"

रमेश : " रोशन , जाऊ हिड् सहयोग गरैन सुनिता जी लाई ।"

रोशन : " जा जा तै गर सहयोग , म सहयोग गर्दैन । पापको फल भोक्न दे । " सुनिता रोशनलाइ हेर्दै थिन् । 

रोशन " के हेरी रा कि ? सिधा आफ्नो बाटो लाग् " भनेर सुनितालाइ भन्छ । त्यत्ति भन्दैमा सुनिता स्कुटर एक्लै लगेर जान्छिन्। रोशन रमेशाको धर पुगे पछि झोला प्याक गर्दै थियो । 

रमेश : " के भो किन झोला प्याक गर्दै छस् ?? "

रोशन " रेखा सँग घटेको घटना पूरा भन्छ र मैले अब अरु ठाउँ पनि जानू छ " भनेर यात्रा सुरु गर्छ ।


      रात पर्ने समय हुँदै थियो । बाटोमा रोधिघर देखेपछि आजको रात रमाइलो गरेर भोलि बिहानै यात्रा सुरु सोचेर रोधिघरमा र‍किन्छ । रोधिघरमा दोहरी खेल सुरु हुँदै थियो अच्चानक सुनितालाई त्याहा देखेर रोशन चकित पर्छ । एकतर्फ रोशन र अर्कोतर्फ सुनिता दोहोरी गाउदै थिइन् । दोहोरीमा सबै रमाएका थिए अच्नक सुनिताले दोहरीबाट प्रेम प्रस्ताव राखिन्छ त्यो सुनेर रोशन दोहरी छोडेर जान्छ । सुनिता त्यो दृश्य देखेर चकित परेकी थिइन् । रोशन रोधिघरबाट निकलेर होटलमा बस्छ । अर्को दिन बिहानै नास्ता गरेर फेरि यात्रा सुरु गर्छ ।


 हिजो रोधिघरमा सुनिताले प्रेम प्रस्ताव गरे पछि रोशनको मन एक्कासी टुक्राटुक्रा भएको थियो । दिउँसोको समय थियो । रोशन खाना खान होटलमा जान्छ र काउन्टरमा पैसा तिर्न जादा काउन्टरमा रेखाकी साथीलाई देख्छ ।


रोशन : " हजुर रेखाकी साथी निरुता होइनौं र ?"


निरुता : " अ, तर मैले हजुरलाई चिनेन नी ? "


रोशन ( आँखामा आँसु टिलमिलाउदै ) : " म रोशन , म सँग रेखाको बिहे हुने वाला थियो ।"


   निरुता काउन्टरमा अरुलाई राखेर रोशन सँग कुरा गर्न एकान्तमा जान्छिन् र रोशनलाई भन्छिन् " रेखाले बिहेको कुरा मलाई भने पछि म उसको घर गएकी थिए । उ धेरै खुुसी थि तर हामी जुन दिन बिहेको समान लिन गएका थियौं त्यो दिन घर फर्किदा बसमा केही गुन्डाहरु आएर पैसा माग्दै गर्दा रेखाले तिनीहरूको फोटो खिचेकी थिइन् । फोटो खिचेको थाहा पाए पछि रेखा सँग जबर्जस्ती गर्ने बेला एउटा दाजुले तिनीहरूलाई हप्पकाउदा तिनीहरूले प्यास्तुल निकालेर दाइलाइ गोली हान्दा गोली ड्राइभरलाई लागेकाले बस नदिमा खसेको थियो । मैले रेखालाइ बचाउन सकिन तर रेखाको मोबाइल म सँगै छ , त्यसमा तिनीहरूको फोटो छ । म धेरै डराएकी थिए त्यसैले यो कुरा गोप्य राखेकी थिए ।" भनेर मोबाइल र‍ोशनलाइ दिन्छिन् ।

     निरुताको कुरा सुनेपछि  रोशनका आँखामा आँसु र मन भरी रेखाको माया र सम्झना थियो । निरुता सँग बिदा मागेर फेरि यात्रा सुरु गर्छ ।


   चिसो हावा चलिरहेको थियो र सुन्दर दृश्य सँगै रोशन रेखाको यादमा डुवेर बाईकमा यात्रा गर्दै थियो । केही पर पुगे पछि रोशनको दुर्घटना हुन्छ । रोशनलाइ धेरै चोट लागेर छट्पटीदै थियो । एकछिन पछि एउटा बटुवाले रोशनलाई देखेपछि एम्बुलेन्स बोलाएर अस्पताल लगिन्छ । रोशनलाइ आजको दिन मेरो अंतिम दिन हो कि जस्तो लाग्न थाल्यो । रोशन " धेरै ठाउँ घुमे तर अझैसम्म तिम्रा यादहरु ताजा नै छन् । हामी बस्ने चौतारो आजकाल सुनसान भएको छ । मुना मरेपछि मदनले पाएका दुःख मैले पनि पाएको छु । यो दैबले हाम्रो भेट त गरायो तर साथ जिउन दिएन । कसेरी कटाउने यो जुनि तिमी बिना । सायद आज मेरो अंतिम दिन हो जस्तो लाग्दै छ, म मरे भने चाडै हाम्रो भेट हुन्छ होला । " भनेर रेखा सँग बिताएका दिनहरु सम्झिदा सम्झिदै बिहोस् हुन्छ । अस्पतालमा आफन्तहरू सबै आएका थिए । 


डाक्टर : "रोशनको टाउकोमा चोट लागेको हुनाले उ अहिले कोमा छ , होसमा आउन कति दिन , साल लाग्छ केही थाहा छैन ।" भन्नू हुन्छ ।

  यो कुरा रेखाका आमाबाबुले थाहा पाएपछि रोशनलाइ भेट्न आउनु हुन्छ । अस्पतालको माहोल सारै मर्मिक लाग्दो थियो ।

 रोशनको हेरचाह गर्न आमा आउनु हुन्थ्यो र सुनिता पनि राति राति घरबाट लुकेर अस्पताल पुगे पछि नर्सको भेषमा रातभरि रोशनको ख्याल राख्थिन् । 


    रातिको समय थियो बाहिर हावाहुरी र पानी पर्दै थियो । सुनिता अस्पताल जानको लागि घरबाट निक्लदै थिन्  र सुनितालाई आमाले देख्नु हुन्छ   र सुनितालाइ " छोरी , यति राति यस्तो डरलाग्दो मौसममा कता जान लागेकी " भनेर सोध्नुभयो । सुनिता डराउदै आमा सँग रोशनको हेरचाह गर्न अस्पताल जाँदै छु भन्छिन् । आमा सुनितालाई के तिमी रोशनलाइ माया गर्छौ भनेर सोध्नुभयो । सुनिता आमालाई हेर्दै मुसुक्क मुस्कुराउँछिन् र " खै , आमा त्यति त ! मलाई पनि थाहा छैन तर रोशनलाई देख्दा मेरो मन आत्तिन्छ र रोशन मेरै मान्छे हो जस्तो लाग्छ " भन्छिन् । केही समय पछि मौसम शान्त हुन्छ र सुनिता अस्पताल जान्छिन् र त्यहाँ पुग्छिन । आमा सुति सकेकी थिइन्  र सुनिता रोशनको छेउमा बस्छिन् । रोशनको हात समातेर " हाम्रो  धैरै चोटि नजर जुध्यो तर खै तिमी कनि हासेनौ, हाम्रो धेरै चोटि भेट भयो तर खै तिमी किन बोल्दैनौ मलाई केही थाहा छैन । तिमीलाई पहिलो पल्ट तिम्रो साथी सँग रोडमा भेटोको थिए त्यस् पछि बिहेमा , रोधिघरमा अनि यता अस्पतालमा । खै किन हो , चिन्न त म तिमीलाइ खासै चिन्दैन , केबल यत्ति मात्र थाहा छ कि तिमी मेरो नजिक नहुदा मेरो मन छट्पटीन्छ । खै किन हो तिमी मेरो मन नजिकै मान्छे हो जस्तो लाग्छ " भन्छछिन् । एक छिन् पछि फेरि हावाहुरी , चट्याङ र पानी पर्न सुरु हुन्छ । 


    मध्य रातिको समय थियो । सुनिता रोशन सुतेको खाटमा टाउको राखेर सुतेकी थिइन् र आमा पनि गहिरो निद्रामा हुनुहुन्थ्यो । बाहिर मुसलधारे पानी परी रहेको थियो अचानक चट्याङ परेको ठुलो आबाज आउन्छ । सुनिता झस्किएर उठ्छिन् र पानी पिउन जान्छिन् । सुनिता फर्केर आउदा रेखा रेखा भनेको आबाज आउँछ र सुनिता दगुरेर रोशन भएको कोठामा जान्छिन् र रेशनले रेखा रेखा भनेर बोलाएको देख्नासाथ आमा र डाक्टरलाई बोलाउन्छिन् । डाक्टर " रेखा नाम गरेकी केटी को हुन ? उहाँलाई तुरुन्तै बोलाउनु पर्यो भन्नू हुन्छ । "  आमा मधुरो सोरमा रेखा यो दुनियाँमा छैन भन्नू हुन्छ । यो सुनेर सुनिता अचम्म पर्छिन् र आमालाई भन्छिन् " आमा , रेखा नाम गरेकी केटि को हुन , के म जान्न सक्छु ? "  आमा " रेखा र रोशन एकअर्कालाई धेरै माया गर्थे र तिनिहरुको बिहे हुने निधो भइसकेको थियो तर बस दुर्घटनामा रेखाको मृत्युु भएको थियो । " भनेर सबै कुरा सुनितालाई भन्नू हुन्छ । रेखा र रोशनको मर्मिक कथा सुनेर आँखाबाट आँसु खस्छ र फेरि रोशनले रेखा रेखा भनेको आबाज आउन्छ । डाक्टर हतार हतारमा रोशन भएको कोठामा जान्छन् ..।  


 डाक्टर कोठाबाट बाहिर आउनेबित्तिकै आमा " डाक्टर - डाक्टर , मेरो छोरो अहिले कस्तो छ ।" 


डाक्टर " माफ, गर्नुहोला हजुरको छोरालाई केही पनि याद छैन , सबै यादहरु दिमाग बाट मेटिएको छ । उसको दिमागमा मात्र रेखाका यादहरु छन्  " भन्नू हुन्छ । 


  सुनिता घर गएर रेखाको कोठामा रेखा र रोशनको प्रेम सम्बन्धित केही समान पाइन्छ कि भनेर खोज्छिन् र दराजबाट रेखाको डायरी पाउन्छिन् । त्यसमा रेखा र रोशन सँगै धुमेका ठाउँहरुको नाम थियो । सुनिता अस्पतालमा गएर डाक्टरलाई रोशनको पूरा जिम्मेवार लिएर रोशनलाई आफू सँग राख्ने कुरा भन्छिन् । डाक्टर " हुन्छ लग्नुस् तर रोशनको आमाबुबा सँग कुरा गर्नुस् उहाँले हुन्छ भनेपछि लगेर जानुस् " भन्नुहुन्छ । सुनिता रोशनको आमाबाबु सँग बिन्ती गर्छिन् र आमाबाबुले पनि छोरा नर्स सँगै भए पछि केहि याद आउँछ कि भनी सुनितालाई हुन्छ भन्नुभयो । सुनिताले रोशनलाई घर लगीन् । घरमा रेखाका आमाबुबाले रोशनलाई त्यो अवस्थामा देखेपछि.. 


बुबा " छोरी ,किन यसलाई यता ल्याएकी ? यसलाई तिमी कसेरी चिन्छौ ? " भनेर सुनितालाई सोध्नुभयो । 


सुनिता " बुबा , मैले रोशन र रेखा दिदिको बारेमा सबै कुरा थाहा पाइसकेकि छु । सायद रोशनको भाग्यमा दिदी थिइनन् होला तर खै मलाई के भो कुन्नि थाहै भएन रोशनलाई देखा यस्तो लग्छ कि उ सँग मेरो धेरै पुरानो साइनो छ । खै किन हो पहिलो भेट्मै उ सँग माया बस्यो त्यसैले रोशनको ख्याल र हेरचाह गर्नको लागि मैले यता ल्याएकी । सुनिता रोशनलाई रेखा बस्ने कोठामा लग्छिन् र कोठाको भित्तामा टासेका रेखाका फोटोहरु थिएनन् । सुनिता र‍ोशनलाई नुहाउन बाथरुम देखाउँछिन् र रोशनलाई " तिमी नुहाउ अनि खाना खानु पर्छ " भन्छिन् । रोशन नुहाएर खाना खाइसकेर कोठा जान्छ र दराज खोल्दा रेखाका तस्बिरहरू देखे पछि रेखाका यादहरु दिमागमा आउँछन् । रोशन आत्तिएर चिच्याउन थाल्छ । सुनिताले रोशन चिच्याएको सुने पछि आत्तिदै दगुरेर रोशनको कोठामा जान्छिन् र रोशनलाई शान्त पार्छिन् । 


  रोशन सुतेको थियो , आमाबुबा रोशनको लागि खीर बनाएर ल्याएका थिए । सुनितालाई रेखाको परिवार सँग देखेपछि अच्चम पर्छन् र रेखाका आमाबुबा सँग सुनिता हजुरकी को हुन् भनेर सोध्नुभयो । 


रेखाका बुवा " सुनिता मेरो साथी , हरिशकी छोरी हो । आजकाल यतै हामी सँगै बस्छिन्  । " भन्नुहुन्छ । एक छिन् पछि आमाले रोशनलाई अफ्नै हातले खिर खुवाउनु हुन्छ र  उहाँ घर फर्केपछि सुनिता रोशनलाई हेर्न कोठामा जान्छिन् त्यहाँ पुग्दा रोशन भित्तामा रेखाको तस्बिर लगाउदै गरेको देख्छिन् र रोशनलाई " यो केटीलाई तिमी चिन्छौ" भनेर सोध्छिन् । 


 रोशन " खै , थाहा छैन तर कहि कतै देखे जस्तो लाग्छ । "


सुनिता " के हो , तिमी उ मनपरी जस्तो लाग्यो मलाई त , सेटिङ्ग मिलाइ दिऊ , म यसलाई चिन्छु ।"


रोशन " सक्छौ भने मिलाउन त । "


सुनिता " ल ल हुन्छ , अहिले म आफ्नो कोठामा जान्छु भोलि जाऊला भेट्नलाई " भन्छिन् र आफ्नो कोठामा जान्छिन् ।


   सुनिता आफ्नो कोठामा गएर रेखाको डायरी  खोल्छिन् अनि रेखा र रोशनले घुमेको एउटा ठाउँमा रोशनलाई लग्ने निधो गर्छिन् । अर्कोदिन सुनिता र रोशन बाईकमा कुरा गर्दै जान्छन् ।


सुनिता : " जिन्दगीमा पहिलोपल्ट केटा सँग बाईकमा बसेको , त्यो पनि तिमी सँग "


रोशन : " भो भो म माथि मन्तर हान्नु बेकार हो केहि काम गर्दैन । त्यो भन्दा राम्रो यात्राको आन्नद लेउ " 


सुनिताले रोशनलाई आफ्नो दिलमा सजाई सकेकी थिइन् । रोशनको काधमा हात रख्न खोज्दै थिइन् अचानक रोडमा कुकुर आउँछ र रोशन झ्याप ब्रेक लगाउँछ । सुनिता पछाडिबाट रोशनलाई अंगालो हाल्छिन् र उल्टै केही थाहा नपाए झै रोशनलाई " अल्लि राम्रोसँग चलाउन आउदैन खैँ छोड्नु म चलाउँछु , राम्री केटी पछाडि बसेपछि जो पनि यस्तै गर्छ " भन्छिन् । रोशन सुनितालाई बाईक चलाउन दिन्छ र आफू पछाडि बस्छ । चारैतर्फबाट खुल्ला आकाशको तल , धर्तीको माथि दुबै यात्रा गर्दै थिए , रोशन फोटोमा देखेकी केटीलाई भट्नको लागि आत्तिएको थियो  ।  केही पर पुगेपछि रोशनलाई त्यो ठाउँमा पहिले पनि आएको जस्तो लाग्न थाल्यो । सुनिता सँग नजिकैको पसलमा रोकनु भन्छ ।  त्यहाँ खाना खान्छन् र सुनिता साउनीलाई यहाँ  कतै मन्दिर छ दिदी भनेर सोध्छिन् । साउनीले यहाँबाट अल्लि पर पुरानो मंदिर छ भने पछि रोशन र सुनिता त्यहाँ जान्छन् ।


रोशन : " तिमीले यहाँ धुम्न ल्याएकी हौ कि ,त्यो केटीलाई भेट्न "


सुनिता : " रोक्नु न ! कति हतार गरेको पहिले त्यहाँ पुग्न त देऊ अनि आफै थाहा पाउनछै "


त्यहाँ पुगेपछि रोशन : " यो ठाउँमा म पहिले पनि आइसकेको जस्तो लाग्यो " 


सुनिता : " अ सायद पहिले आफ्नी प्रेमीका सँग आएको होलाऊ "


सुनिताले भनेको रोशनले सुने पछि उ एकछिन् उदास भयो र एक्लै मन्दिरको चारैतिर घुमेर आउदै थियो । रोशनको नजर ढुङ्गामा पर्छ , त्यो देखेपछि रोशनलाई रेखा सँगै त्या बसेका दिनहरुको झल्को आउँछ । रोशन चकित पर्छ र जुन केटीलाई म भेट्न आएको त्यैँ केटीको मलाई झल्को आउदै छ भनेर सुनितालाई भन्छ । 


सुनिता : " ए होर , अब हामी सँग धेरै समय छैन , घर पुग्दा रात पर्छ नत्र अब घर फर्किए राम्रो होला कि "


रोशन (निरास हुँदै ) : " हुन्छ  "


      घर पुग्ने बित्तिकै कोठामा जान्छ र रेखाको तस्बिर तर्फ हेर्दाहेर्दै आँखामा आँसु आउँछ ।


 बिस्तारै बिस्तारै रोशनको मानसिक स्थितिमा सुधार र पुराना यादहरु स्मरण हुँदै थिए । सुनिता रोशनलाई फेरि एकपटक जाँच गर्न अस्पताल लग्दैथिन् । रोडमा ट्राफिक जाम थियो , रोशनको नजर wanted लेखेको पोस्टरमा पर्छ र पोस्टर नजिक जान्छ । त्यस पोस्टरमा छापिएको फोटो देखेपछि रोशनलाई निरुताले दिएको मोबाइल र उनिले भनेका कुराको स्मरण हुन्छ । रोशन सुनितालाई घर जाऊ भो अब अस्पताल नजाने भन्छ । सुनिता होइन, होइन आज जानै पर्छ भन्छिन् । रोशन सुनितालाई तिमी जानेभए जाऊ तर म घर फर्कन्छु भन्छ अनि सुनिता बाध्य भएर घर फर्कीन्छिन् । घर पुगेर रोशन आफ्नो झोलामा निरुताले दिएको मोबाइल खोज्छ तर नपाए पछि घरमा फोन गरेर सोध्छ त्या पनि छैन भनेपछि रेखाका आमाबुबालाई सोध्छ तर उहाँले पनि छैन भनेपछि रोशनको आश टुट्यो । सुनिता रोशनको अगाडि गएर रोशनलाई के भो बाबुराजा आज त  नुन खाएको कुखुरा जस्तै गरि झोक्राएको छै भन्दै अनेक नाटक गरेर जिस्काउदै थिईन् । रोशन जुरुक्क उठ्छ र सुनिताको आगाडि जान्छ र रिसाएको बाधको जस्तै गरेर सुनिताको आँखामा आँखा जुदाउन्छ । सुनिता बिस्तारै बिस्तारै पछाडि सर्दै थिइन् , रोशन बिस्तारै बिस्तारै अगाडि सर्दै थियोे ।सुनिता आत्तिदै तिमिले हिजोबाट खोजेको समान यौ हो नि भनेर मोबाइल रोशनलाई दिन्छे । रोशन मोबाइल समात्छ र सुनिताको जाला समात्छ र रोशन मुुसुक्क मुस्कान दिन्छ र सुनिता पनि मुस्कुराउदै थिइन् ,


 रोशन : ( हास्दै ) जालमा फसीस् केटि , यो मोबाइल तिमी संग कसेरी आयो हँ ?


सुनिता : अस्पतालमा पाएको तर


रोशन : के तर ? राखेको मोबाइल पाए रे ! 


सुनिता : मलाई तिम्रो हो भनेर थाहा थियो । तिमिलाई होस् आए पछि दिन्छु भनी सोचेको थिए  ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍तर मलाई यादै भएन मोबाइलको ।


रोशन बिचारी, याद भएन हैँ भनेर सुनितालाई जिस्काउँदै थियो । सुनिता रिसाउदै जाँदै थिइन् । रोशन सुनितालाई " ओई ! मोबाइल चोर , तिमीलाई धेरै धेरै  धन्यवाद है" भन्छ र सुनिता  मुस्कुराउदै बाहिर जान्छिन् ...... 


हिजो पोस्टरमा फोटो देखेको मान्छे  प्रहरीको हिरासतमा भएको समाचार टेलिभिजनमा देख्छ र रोशन उस्लाई भेट्न पुलिस स्टेसन जान्छ । पुलिसले रोशनलाई भेट्ने अनुमति दिएपछि..

 

रोशन : " तैंले गर्दा मेरी रेखाको मृत्यु भयो किन तैंले त्यस्तो गरेको हँ, तेरो उसले के नैँ बिगारेको थ्यो र ? "


सुरेन्द्र : " मेरो अगाडि चर्को सोरमा नबोल । तलाई के लाग्दै छ, मलाई इनि पुलिसहरुले समातेर यता ल्याएको , यो त मेरो लागि रेस्ट रुम जस्तो हो । चाहेको बेलामा यता आउँछु जान्छु । "


रोशन : " म यता तेरो परिचय लिन आएको होइन बुझिस् । मलाई यत्ति भन कि तैले रेखाको ज्यान किन लिइस् । उ मर्ने बेला अस्पतालमा कति तड्पेकी होली, तलाई उसको आँसुको पाप लाग्छ ।"


सुरेन्द्र : " पापको कुरा नगर् , बाधले जंगलमा सिकार गर्छ । सोच यदि पाप कै डरले सिकार गर्न छोडेपछि के हाल होला ? "


रोशन : " धेरै आफुलाई बाध नसोच " भ्यागुतोले आफ्नो टरटर आवाजलाई नियन्त्रण गर्न नसकेको कारणले उसले आफ्नै विनाशको लागि सर्पलाई निमन्त्रणा गर्छ । अब तेरो बाध होइन भ्यागुतो हुने बेला नजिकै आउदै छ ।" भनेर त्यहाँबाट निस्कन्छ र आफ्नो घर जान्छ ।


बिहान आमा नास्ता पकाउनु थिए र रोशन सुतेको थियोे । आमा " बाबू ९ बजि सक्यो उठ्ने होइनस् ।" 


रोशन " ह्या आमा कति झुट बोल्नु हुन्छ हजुर , भर्खर त ७ बजेको छ । सुत्नु दिनुस् न ! " एक छिन् पछि सुनिता आइ पुग्छिन् र आमालाई रोशन कता छ भनेर सोध्छिन् ।


आमा " सुतेकै छ , उठ् भनेको उठ्दा नि उठ्दैन भने । " सुनिता रोशनको कोठामा गएर यति अल्छि त ! दुनियाँमा कोहि न होलान् । छिटो उठ अनि बजार जानू छ भन्छिन्  । सुनिताको नजर भित्तामा टासिंएको रोशनको बच्चा हुदाको नाङ्गो फोटोमा जान्छ " यो तिम्रो फोटो हो , छि लाज नभएको " भनेर बाहिर निक्ल छिन् । एक छिन् पछि कपडा लगाएर चट्ट भएर  रोशन आउदै थियो । सुनिता " आमा रोशन त सानोमा हिरो रहेछ हैँ " भनेर जिस्काउदैँ थिइन् । आमाले " छोरो मेरो हो नि , अनि हुन्न हिरो " भनेको सुने पछि हास्दै थिइन् । रोशन सुनितालाई रिसले घुरे पछि सुनिता बाध्य भएर हासो रोक्छिन् । 

रोशन र सुनिताको मित्रता थाहै नहुने गरि प्रेममा परिवर्तन हुँदै थियो । सुनितामा उ आफ्नी रेखालाई देख्थ्यो तर रेखाका याद र भावनाहरुले सुनिता र रोशनको बिचमा दुरी कायम गरेको थियोे । एकछिन पछि सुनिता आमालाई हजुरको छोरालाई मेरो बोडिगाड् बनाएर बजार लग्छु हैँ आमा भन्छिन् ।


आमा ( मुसुक्क मुस्कुराउदै) " लगलग आजको लागि मात्र किन ? सधैको लागि भएनि हुन्छ । बिहेको कुरा गरे पछि बोल्दा नि बोल्दैन " ।


   रोशन र सुनिता कुरा गर्दै बजार पुगे र त्यहाँ सुनिता तरकारी किन्दै थिन् अचानक सुरेन्द्रका केटाहरु आएर रोशन सँग लफडा गर्न थाले । रोशन र तिनिहरु बिच झगडा हुन पुग्छ । रोशनलाई हल्का चोट लागेको हुनाले मेडिकल जान्छन् र सुनितालाई घर सम्म छोडेर रोशन आफ्नो घर फर्कीदै थियोे । पर बाट एउटा गाडी आएर रोशनको छेउमा रोकिन्छ । गाडिबाट सुरेन्द्र बाहिर निस्केेको देखेर रोशन दङ्ग पर्छ ।


सुरेन्द्र " के भो , होस् उड्यो नि तेरो मलाई यता देखेर । मेरो केटाहरुलाई कुटेर खुब तलाई हिरो वाला फिलिङ आउदै होला । चाहे भने तलाई अहिले नैँ मार्न सक्छु तर साला सिकार गरेको मज्जा तड्पाएर मारे पछि आउँछ । अहिले त राम्रो सँग घर जा ।"


रोशन अनमलमा परेको थियो । के गर्ने , कसो गर्ने भनी सोच्नै गारो भएको थियो । सुरेन्द्र घर पुगेपछि आफ्ना केटाहरुलाई रोशन र सुनिताको बारेमा थप जानकारी पत्ता लगाउन पठाउन्छ । सुरेन्द्र केही दिन पछि रोशन र रेखाको बारेमा सबै कुरा थाहा पाउँछ र सुरेन्द्रको रिस दयामा परिवर्तन हुन्छ । अनि आफ्ना केटाहरूलाई रोशनको सुरक्षाको जिम्मेवारी दिइन्छ । सुरेन्द्रका केटाहरु अचम्म परेर सुरेन्द्रलाई " त्यसलाई मार्न छोडेर सुरक्षा किन ? " भनेर सोध्छन् ।

सुरेन्द्र दुखी हुदै भन्छ " मेरो एक भाइ थियोे । उ पनि एक केटीलाई असाध्यै माया गर्थ्यो तर दैबको लिला अचानक केटीको अर्को केटा सँग बिहे भयो । अनि मेरो भाइ दिन रात त्यसकै यादमा तड्पि रहन्थ्यो, कहिले एक्लै कोठा भित्र पागल जस्तै आफै हास्थ्यो र रुनथ्यो पनि , कहिले नसा गरेर राति घर आउन्थ्यो । मैले उसलाई धेरै सम्झाए, बुझाए तर अंतिममा कुनै फाइदा भएन । मलाई एक्लै छोडेर गयो यो संसार बाट ।"   यो कुरा सुनेर सबैका आँखा रसाए र सुरेन्द्रलाई हजुर चिन्ता नलिनुस् रोशनलाई केही हुन्न भनेर हौसला दिए ।


  रोशन र सुनिता साथीको जन्मदिनको पार्टीमा गएका थिए । सुनितालाई घरबाट फोन गरेर छिटो घर आ भन्दै थिए । 

सुनिता " रोशन घरबाट बुवाले फोन गरेर चाडो घर आउ भन्दै छन् , म घर जान्छु है तिमी पछि राम्रो सँग जानू घर " भनेर घर जान्छे ।  

अरु दिन सुनिता म बिना एक्लै घर जान्थीन तर आज एक्लै किन गई भनेर सोच्दै थियो अचानक सुरेन्द्रका ५ केटाहरु त्यहाँ आउँछन् र रोशनलाई देख्छन् । 

रोशनको नजिक गएर " किन यति रक्सी पिएको तलाई आफ्नो जीवनको माया छैन् , कि रेखाको यादमा आएर पिएको , हिड सुरेन्द्र दादाको घर जाऊ " भन्छन् । रेखाको नाम सुने पछि रोशनलाई रिस आउँछ र फेरि हातपात हुन थाल्छ । झगडा भइरहेको खबर पाउनासाथ सुरेन्द्र त्यहाँ पुग्छ ।


 सुरेन्द्र " वोई, साले यिनीहरूलाई लाई कुटेर के पाउँछस् , तेरी रेखाको त्यो बस दुर्घटना पछि के भयो जान्न चहादैनस् , जान्न चहान्छस् भने जा रेखाको बुवा र सुनिताको बुवालाई सोध । "


त्यत्ति सुनेपछि भोलि पल्ट रोशन सुनितालाई फोन गरेर तिमी सँग एक जरुरी कुरा भन्नु  छ छिटो यता आऊ नत्र भोलि देखि हाम्रो भेट नहुन सक्छ  भनेेेर आफ्नो घर बोलाउन्छ  र सुनिता के भयो भनेर आत्तिदै आउन्छिन । 

मैले सुनिताको अपहरण गरेको छु भनेर सुनिताको बुवा र रेखाको बुवालाई बोलाउन्छ । रेखाको बुवा र रोशनको बुवा त्यहाँ आइपुग्छन्  र


हरिश ( सुनिताको बुवा ) : मेरी छोरी कता छे ? यो सब तमाशा किन हँ ?


रोशन : यो तमसा होइन अंकल हजुरलाई रेखाको बारेमा थाहा छ रे ? बिन्ति छ सत्य कुरा के हो भन्दिनुस ।। 


रेखाको बुवा ( दुखी हुदै )  : छोरा रेखालाई अस्पतालमा पुगाउदा उस्को अंतिम सास मात्र बाकी थियो , उसले मर्दा पनि रोशन कता छ भन्दै थी ।


हरिश ( सुनिताको बुवा ) : मेरी छोरी सुनिताको मुटुमा प्वाल परेको थियो र उ पनि अंतिम सास फेर्दै थी ।  म डाक्टरसँग कुरा गरेर आउदै थिए र उहाँहरू रुदैगरेको देखे । मलाई किन हो किन अल्ली नराम्रो लाग्न थाल्यो । म छोरी ‍भएको कोठामा गए ,एकछिन पछि नर्स बहिनी आएर " हजुर कि छोरी बाच्न सक्छे , रेखा र सुनिताको सबै मेडिकल रिपोर्ट मिल्छ यदि उसको मुटु ट्रान्सफर गरे पछि 80% बच्ने सम्भावना छ " भनिन् । अनि मैले उहाँ सँग कुरा गरे , उहाँले हुन्छ भने पछि सुनिताको ज्यान बाचेको । 

रेखाको बुवा : रेखालाई होस आउदा उ डराएर मेरो बाच्ने ईच्छा छ र रोशन सँगै जीवन बिताउने ईच्छा छ भन्ने गर्थी । रेखाको अबस्था धेरै गम्भीर हुन पुग्यो अनि रेखाको मुटु ट्रान्सफर गरेपछि सुनिताले नयाँ जीवन पाईन् । सुनिता मेरो सामु आउदाा मेरी छोरी आए जस्तै लाग्छ ।

सुनिता लुकेर सबै कुरा सुन्दै थिइन् । 

रोशन ( रिसमा ) :" हजुरहरुले म सँग यति ठुलो कुरा लुकाउनु भयो । "

हरिश ( सुनिताको बुवा ) : यो कुरा सुनितालाई पनि थाहा छैन ।

सुनिता रुदै  र आँसु पुच्छदै आउँछिन् । 

सुनिता : " हजुरले मलाई पनि भन्नुभएन किन ?" 

रोशन केही नबोली त्यहाँबाट जादै थियो । सुनिता " ए साले रोक , मलाई छोडेर कता जान लाग्या हँ ।"

रोशन " मलाई माफ गर, रेखाको ठाउँमा तिमीलाई राख्न सक्दिन ।       

     रेखाको बुवा " त्यस्तो न भन छोरा । रेखा नभए नि रेखाको र सुनिताको मुटु एउटै हो । सुनिता पनि तलाई रेखा जस्तै माया गर्छे । त अस्पतालमा हुदा राति लुकिलुकि नक्कली नर्सको भेसमा तेरो हेरचाह गर्न जान्थी । तेरो लागि कति रात त उ नसुति तेरो ख्याल राखी ।

रोशन : रेखा सँग बिताएका यादहरु र सुनितासँग बिताएका दिनहरु सोच्छ । ( सबै याद र सुनिता सँग बताएका पलहरुमा रेखाको आवास थियो । )

हरिश : शरीर सुनिताको भए नि मन-मुटु त रेखाको हो । 

सुनिता : " मलाई अरु केही थाहा छैन जसरी हुन्छ , जे हुन्छ मलाई रोशन चाहिन्छ बुवा ।"

रोशन : जबर्जस्ति लगाएको माया के फाइदा । बरु रेखाको यादमा नै भएनि बाच्छु म ।

सुनिता ( रेखा जस्तै गरि ) " जा जा रामदास बन् , गएर जंगलमा बस फर्केर नआउनु ।  साले तलाई माया गर्नु भन्दा माया नगरेको भए हुन्थ्यो "

रोशनलाई के गरम के गरम हुन्छ । सुनितालाई अंगालोमा बेस्सरी बाधेर रुन्छ । सुनिता खुसी थिइ र केही दिन पछि घरजम् गर्छन् ।। 


👏🙏👏 .............. समाप्त ...........  👏🙏👏


Please Subscribe My YouTube channel



यस्तै मनछुने कथा, लेख, गजल, मुक्तक पढ्नको लागि हाम्रो पेज like गर्नुहोला ।। कृपया यो कथालाई सक्दो सेयर गर्नु होला ..



Post a Comment

Cookie Consent
Like grandma's cookies, our website uses cookies to customize your experience and analyze our traffic. Click 'Accept' and enjoy a personalized experience.
Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->