Send Your Story / Article / Poetry Send Now!

नेपाली मन छुने सायरी, गजल - प्रदेशीको पीडा

  

 •••••••••••° प्रदेशी °••••••••••••

प्रदेशी बन्ने कसलाई रहर हुन्छ र आमा,
साहुको भारी बोक्ने कसलाई रहर हुन्छ र आमा ।

बिहानै Alarm को घण्टी सँगै निद्राबाट जाग्नुपर्छ,
दुःख लाग्छ आमा, आँखा मिच्दै Duty तिर भाग्नु पर्छ ।

कहिले काहिँ आमा-बुवा, साथी-भाइ
अनि बहिनीको माया ममता खोज्न पुग्छु म,
उता फेरि च्वास्स बिझने साहुको ऋण सोच्न पुग्छु म ।

पसिनाको मूल्य पनि भिखसरी माग्नुपर्दो रहेछ यहाँ ।
बहिनी , नरिसाउनु है दाजुको कोसेली आएन भनेर,

भाइ, राम्रो सँग पढ्नु अनि ठुलो मान्छे बन्नु ल,
विदेशमा त ! पीडा हुन्छ भोकभोकै बालुवा-माटो उचाल्नुपर्दा ।

साथी, नसम्झिनु है मलाई कुनै खुसियालीमा,
म त ! बालुवै बालुवाको मरुभुमिमा पुगि सकेको छु,
न खोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा,
म त अब परदेशी पो भैसकेछु ।।।



إرسال تعليق

-->