गजल: परदेशी
एउटा चिट्ठी आएको थियो परदेशिको नाम बाट
आमा भक्कानिन चिठी खोलेर पढ्दा खाम बाट
दिउँसो सम्म त ठिक ठाक थियो काममै थियो उ
खै एक्कासि के भएछ बुलुका फर्किदा काम बाट
आज आत्महत्या हो भनेर प्रमाणित गरेपनि हेर्नू ,
त्यो हत्या नै थियो प्रष्ट छ शिरिरको निलडाम बाट
केही पनि सोच्दै नसोची हेर्नु हतार हतार लगायो
उसले लगानी नउठ्ने ठाउमा हेर्नु ब्यापार लाग्यो
मेरो घरमा चामल सकिएको थाहा पाएर आज हेर्नू
छिमेकीले झगडाको न्यु पारी घरमा बार लगायो
मेरो गोजीमा जम्मा सय रुपैया देखेर होला सायद
आज सय पर्ने समानमा हेर्नू साहुले हजार लागायो
आज खुकुरी हेर्नुस् त बिचरा उसकै गर्धमा परेकोछ
जुन खुकुरीमा स्वयम उसले आफैले धार लगायो
गजल
नगर्नुहोस् भन्छु म उहाँहरुलाई झन झन गर्छन
म जुन कुराको बिरोध गर्छु उहाँहरु समर्थन गर्छन
तपाइँ मात्रै दुई कदम अगाडि बेढेर त हेर्नुस यहाँ
पहिला खुट्टा काट्न सुरु हेर्नुस आफन्तजन गर्छन
मान्छे सम्म गन्दैन हेर्नुस त्यति सोझो बनेर तपाइँलाइ
यहाँ राम्रो मान्छेको भन्दा पनि नराम्रो मुल्यांकन गर्छन
केही रहेन बाको इज्जत सब सक्कियो
मैले रोजे बाटो गलत सब सक्कियो
घर धितो राखेर पढ्न पठाथे बा' ले
आज गरे गलतको सङ्गत सब सक्कियो
उसले मेरो आश नगर्नु भने पछि पो त, मैले मतलब गर्न छोडेको हुँ
नत्र उ त मेरो लागी एक अनमोल रतन भन्दा कम थिएन 😊
खुलयाम हेर्नुस दिनदाडै एसिड प्रहार हुन्छ
यहाँ आफ्नै बाउ बाट छोरी बलात्कार हुन्छ
तपाइँ भन्नू हुन्छ केही पनि हैन धन सम्पत्ति
पैसाकै निम्ति भाइ-भाइमा काटमार हुन्छ
गुनासो पोख्नु हुन्छ मेरो देशमा केही हुन्न भनी
हेर्नुस् त दिनहु कसरी? यहाँ भ्रष्टाचार हुन्छ
कोहि पनि छैन भनी हेला नगर्नुहोस् उसको,,
बुझ्नुहोस खोला सङ्ग पनि त किनार हुन्छ
मलाई लेख्न आउदैन भनेर तेति न हेप्नुस तपाईं
मेरो शब्दमा पनि एक न एक दिन निखार हुन्छ
तीन शेर
जसको औकात छैन साइकलको सम्म पनि
उसैले चढ्नलाई हेर्नुस् त चिलगाडी खोज्छ
चार कदम अगाडि छ उसको दुश्मन उ भन्दा
उ अझै पनि आफ्नो दुश्मन पछाडी खोज्छ
खाने नुन तेल सम्म छैन हेर्नुस आज घरमा
छोरा छोरी ले खेलौना बुढीले साडी खोज्छ
मुक्तक
सितल आउदैन जहिले चर्को घाम आउँछ
खै कहिले गरिबको घरमा आराम आउँछ
यहाँ खुन पसिना बेचेर पैसा आउदैन हेर्नू
तपाईंले रिबिन काटेकै भरमा दाम आउँछ
मुक्तक
जित होस या होस मेरो हार गरि रहन्छु
तिमी घृणा गर बरु म प्यार गरि रहन्छु
तिमी फर्केर आउछौ या आउदैनौ था छैन
तर म त जिन्दगीभर इन्ताजार गरि रहन्छु
मतला
हेर्नुस गइसकेको समय भेटीदैन अब खोजेर पात्रो भित्र
अब त चाहेरनि बोल्न सक्दिन म निदाइ सके कात्रो भित्र
दुई शेर
यदि मलाई मार्नु नै थियो भने अन्त लगेर मार्नु पर्ने
नदिमा फाली दियौ म त हेर मजाले पौडिन सक्छु
कहिले नसोच्नु मेरो खुट्टा काटेर हिड्न सक्दैन भनेर
हेर म लठ्ठी टेकाएर पनि मज्जासङ्ग दौडिन सक्छु
गजल
नपाउदा सम्म मात्र हो मायाको प्यासी हुनुपर्छ
छुटेपछि रुनु पर्छ जिन्दगीभर उदासी हुनुपर्छ
नआउ भन्दाभन्दै पनि आउने तिम्रा यदाहरुलाइ
कि जन्म कैद हुनुपर्छ कि सजाय फाँसी हुनुपर्छ
फेसबुकको भरमा परेर हेर्नुस खुबै लभ गरियो
भेट्दा खेरि केटिको बर्ष लगभग सतासी हुनुपर्छ
तिमिले खुबै फूर्ति देखायौ मेरो प्रेमी एस्तोउस्तो
कि कसैको नोकर कि गाडीको खलासी हुनुपर्छ
सरकार कति बिदेश भित्र बाट मात्रै भित्राउछौ
अब त केही यता बाट पनि निकासी हुनुपर्छ
प्रिय कसम हामी त्यो दिन मात्रै अलग हुने छौ
तिम्रो घरमा खुशी मेरो घरमा रुवाबासी हुनुपर्छ
प्रिय तिम्रो बारेमा दुनियाँका नानाथरी कुराहरु सुने
कि सबैभन्दा राम्री कि सबैभन्दा बदमासी हुनु पर्छ
गजल
एक दाइ अमेरिका,एक अस्ट्रेलिया अनि एक कतारमा छ
मैले जे गरेनी कानुन लाग्दैन हेर्नु मेरो मान्छे सरकारमा छ
हेर्नुस् कहाँ कहाँ पुगि दिन्छन मान्छेका इच्छा रहरहरु पनि
अब मेरा दाइहरुले हेर्नू चन्द्रमा घर बनाउने बिचारमा छ
हामीले हेर्नुस् दिनहु हजारौं हजार मान्छेहरूलाई ठग्छौ
कोरिया भनेर बिराटनगर पुगाएको चर्चा अझै बाजारमा छ
हामी धन्दा चलाउछौ पैसा बाहेको केही चाइदैन हामीलाई
एउटा चेलीबेटी बेचबिखन अर्को लागूऔसत ब्यापारमा छ
एक छाक खानाको लागि हात फैलाएका थिए सबका सामु
राम्रो गरेर खान हेर्नुस् कहाँ गरिबिहरु को निधारमा छ
धोका
धोका दियौ त के भयो
मधुरो मुस्कान लिएर हिँडेको छु
मेरो पवित्र प्रेमलाई चित्तामा जलायौ त के भयो
खरानी समेटी इतिहास लेखेको छु
मेरो मुटुलाई टुक्रा टुक्रा पारिदियौ त के भयो
यसैलाई जोडेर बाँचेको छु ।
गजल
थाहा पाउन सकेको छैन मैले खै किन लाग्यो
बिर्सेर गएकाे मान्छे फेरि किन सम्झिन लाग्याे,
भन तिम्रो कहिले सम्म न यो रुप रङ्ग घमण्ड
छोड अबत तिम्रो जवानिले पनि बिर्सिन लाग्यो
रुघाखोकी ज्वराे जस्तै रहेछ हेर्नु यो प्रेम पनि
कताकता तिमीमा पनि लक्षण देखिन लाग्यो
मेरो एक कमजोरीको कारणले हेर्नुस आज
मेरो पैतामा उभिने मान्छे सिरमा उभिन लाग्यो
हिजो मलाई देख्दा तर्किएर हिड्ने मान्छेहरु नै
आज खै किन? मीठो बोली वचन दिन लाग्यो
राहातको नाममा एउटा तिर्पाल दिए थे सरकारले
बर्षायाम मा हेर्नू त्यही त्रिपाल पनि चुहिन लाग्यो
गजल
हेर्नुस मान्छेलाइ उचाइमा पुगाइ दिन सक्छ हारले पनि
कहिले काहीँ असफल भैदिन्छ मान्छे आफ्नै बिचारले पनि
जति झट्का तिम्रा यादहरुले मुटुमा दिई रहन्छ बेलाबेला
तेति झट्का त दिदैन होला बिजुलिको नाङ्गो तारले पनि
प्रिय मलाई चाहानेहरु पनि छन तिमिलाइ चाहानेहरु जस्तै
अब मलाइ कत्ती फरक पर्दैन प्रिय तिम्रो अस्विकारले पनि
म न्याय पाउछु भनेर कदापि नसोच्नुहोस मौन बसेर तपाईं
बुझ्दैन चुपचाप सहेको अचानको पीडा खुकुरीको धारले पनि
गजल
मित्रता छैन आजभोलि आफन्तीमा सघाउ छैन
राम्रो काम गर्ने मान्छेलाइ हेर्नू यहाँ ठाउँ छैन
म मेरो जिन्दगीले मज्जाले नचाएको मान्छे हु
भन्नु हुन्छ मसङ्ग कुनै कला छैन हाउभाउ छैन
गर्न त गर्यौ तिमिले भन यो कस्तो बिकास गर्यौ
आफै हेर यो बाटो दुई तीन बर्ष पनि टिकाउ छैन
म भात खान्छु भनेर सताइ रहेछ घरमा छोरोले
घरमा एक गेडो चामल छैन उधारो दिने साउ छैन
नहकार्नुहोस पढ्न आउँछ साहुको हलो जोतेर ऊ
उसको सिकाउने कोहि पनि छैन घरमा बाउ छैन
धेरै भएपछि कसरी समाल्छेउ बुहारी तिमी
यति सानो चिजको ढाकछोप छैन बचाउ छौन
जीन्दगी
टाउको दुख्दा सिटामोल पाइदैन सरकारी अस्पतालहरुमा
के गर्यौ ए सरकार तिमिले अस्पताल ठाउँ ठाउँमा राखेर
आज डिग्री पास गरेका प्रमाणपत्रहरु कामै नलागे पछि हेर्नु
बिचरा परदेशिन बाध्य भयो घरजग्गा साहुको नाउँमा राखेर
गजल
आज वा वा गरेर भोलि तिम्रै विरुद्धमा उभिन सक्छ
पराइको के बिश्वास गर्नु हुन्छ आफ्नैले त धोका दिन सक्छ
मान्छेको रुप रङ्ग हेरेर सम्बन्ध कहिले पनि नगस्नु होस
खुल्ला निलो आकाश पनित छिन भरमै बदलिन सक्छ
पत्रकार महोदय तपाईं नगै दिनुस बिन्ती त्यो घर झगडा हो
तपाईको करणले हेर्नू बनेको घरबार पनि भत्किन सक्छ
कहिले काहीँ हेर्नू खादै नखाएकै बीस पनि लाग्न सक्छ
बिचार गर्नुस झरी बिना पनि त कहिले काहि रुझिन सक्छ
सहरम पढ्न गएको छोरो बाको सारा कमाइ सिध्याइ दियो
छोरो न हो बिचरा बालाइ आश छ अझै छोरो सुध्रिन सक्छ